दाङ । कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसले धर्म र जातीका आधारमा राजनीति नगर्ने बताएका छन् । रिपोटर्स क्लब दाङमा आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले जनताले जे चाहान्छन् भविष्यमा धर्मको बारेमा त्यही हु्ने बताए । यद्यपि, उनले अहिले नै धर्मको कुरा उछालेर काँग्रेस द्वन्द्व सृजना गर्न नचाहेको स्पष्ट पारे । कोइरालाले आफूले चाहेको व्यवस्था लागुगर्नका लागि कुनै पनि पार्टीको स्पष्ट बहुमत चाहिने हुँदा अहिले काँग्रेसलाई त्यो म्यान्डेट जनताले नदिएको उल्लेख गरे ।
महामन्त्री कोईरालले भने ‘ त्यसको बागडोर तपाईको हातमा भएन भने त्यो अपहरण हुन्छ हाईज्याक्ट हुन्छ । हो ८० प्रतिशत जनता हिन्दुवादी छन् । जनताले जे चाहान्छन् त्यही हुन्छ ।’ तर अहिलेको अवस्थामा जुन संविधान आएको छ त्यो अतेन्तै राम्रो रहेको उनले स्पष्ट पार्न खोजको थिए । नयाँ संविधानले हरेक धर्मलाई समान स्थान दिएको चर्चा गरे । उनले थपे ‘हामी समाजवादी पार्टी हो ।
धर्म र जातीको आधारमा राजनीति गर्नु हुँदैन । यसमा पूर्ण विराम आवश्यक छ ।’ कोइरालाले नेपाली काँग्रेसले आफ्नो चारतारे झण्डामा एउटा तारा धार्मिक स्वतन्त्रताको लागि दिएको बताएका थिए । उनले थपे ‘निर्माणका साथ साथै रचनात्मक विध्वम्स हुन्छ । नयाँ कुरा आउँदै गर्दा पुराना कुरा समाप्त हुन्छन् तर, हामी समाजवादी भएको हुनाले सबैभन्दा पहिले हामीले विध्वम्समा परेकाहरुको सबैभन्दा पहिले सम्वोधन गर्नुपर्छ । मुख्य कुरा परिवर्तन संविधान ग्रहण गर्न सक्नुपर्छ । यो ठूलो परिवर्तन हो ।’
फरक प्रसंगमा डा.कोइरालाले काँग्रेसले रचनात्मक प्रतिपक्षीका भूमिका निर्वाह गर्ने बताए । उनले पुनःनिर्माण, कालोबजारी, ग्याँस, इन्धन जस्ता कुराहरु अझैं व्यवस्थापन गर्न नसकेकोले यो सरकारको आलोचना गर्ने थुप्रै ठाउँहरु रहेको बताए । नेपाली काँग्रेस ठूलो पार्टी भएकोले काँग्रेसले आफनो नेतृत्वमा सरकार निर्माण गर्न खोज्नु सामान्य कुरा भएको बताए ।
यसैबीच, महामन्त्री कोईरालाले अबको एजेण्डा आर्थिक विकासको हुनुपर्ने बताएका छन् । मुलुक ७० वर्षदेखि द्धन्दमा फसेकोले त्यसको विकासका लागि अब दलहरुले आर्थिक एजेण्डा प्रमुख रुपमा उठानुपर्ने बताएका हुन । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा महामन्त्री कोईरालाले विकासका लागि कर्मचारीबाट सम्वभ नहुने हुुँदा स्थानीय निकाएको निर्वाचन आवश्यक रहेको बताए ।
स्थानीयलाई आफनो विकास गर्न चिन्ता हुने हुँदा उनीहरु विकासमा लाग्ने उनले बताएका हुन । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले यस क्षेत्रको विकासका बारेमा महामन्त्री कोईरालाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै महामन्त्री कोईरालाले टरिगाउँ एयरपोर्टको स्तरउन्नती र दाङलाई राजधानी वनाउने समालमा आफू सकारात्मक भएको बताए । उनले दाङ राजधानीका लागि उपयुक्त स्थल भएको बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरु दिपक गिरी , हृदयराम थानी, सांसदहरु बुद्धिराम भण्डारी, डिल्ली चौधरी, राजु खनाल, अनिता देवकोटा, मोहन वराल, संजय गौतम, दिपक खड्का लगायतको उपस्थित थिए ।
यसैबीच, प्रजातान्त्रीक उद्योग व्यापार संघमा महामन्त्री कोईरालले काँग्रेसमा अब गुट उपगुट नहरेकोले एक भएर जान आग्रह गरेका थिए । उनले कार्यकर्ता विचमा एकता भएमा आगामी निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउने बताए । प्रजातन्त्रीक उद्योग व्यापार संघका अध्यक्ष जनक प्रशाद खराललको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण वलिराम केसीले गरेका थिए ।