जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा भदौ ७ सम्म लकडाउन
नारायण वली,
प्रकाशित २०७७ भदौ २ मंगलबार
849
Shares
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा मंगलवार राती १२ वजे देखि भदौ ७ गते राती १२ वजे सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन केन्द्र रुपन्देहीको मंगलवार (आज) वसेको वैठकले रुपन्देहीमा पछिल्लो समय कोरोना भाईरस (कोभिड–१९) संक्रमण समुदाय स्तरमा तिव्र रुपमा फैलिरहेको भन्दै थप साबधानी अपनाउनका लागि जिल्लामा मंगलवार राती १२ वजे देखि भदौ ७ गते राती १२ वजे सम्म कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।
साथै वैठकले संक्रामक रोग ऐन २०२०को दफा २ वमोजिक गतिविधिहरु गर्न निशेष गर्ने गरी आदेश गरिएको छ । प्ररस्तुत छ विज्ञप्तीमा आदेशहरु यस्ता छन् ।