arrow

पहिरोमा परि ३ को मृत्यु, बेपत्ता चारको खोजी जारी

घाइते ६ जनाकै अवस्था गम्भीर

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
Kalikot-hamrakura.jpg.jpeg
कालिकोट । कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । कोटवाडा–४ स्थित गेजबजारमा खहरे खोलामा आएको बाढी र पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट रास्कोट स्यूना–५ का ३४ वर्षीय हरि तिरुवा, स्यूना–२ का ५५ वर्षीय धनमति टमटा, घौलागोह–९ का २० वर्षीय लक्ष्मण भण्डारी रहेको कालिकोट प्रहरीले जनाएको छ ।
 
पहिरोमा पुरीएर घाइते भएका ६ जनाको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा रहेका उनीहरुलाई थप उपचारका लागि अन्यत्रै पठाउने प्रबन्ध भइरहेको हाम्रा जिल्ला सहकर्मीले जनाएका छन् । घाइते हुनेमा फुकोट ३ का जगदिश बराल, स्यूना ४ पुलटौरा सुनार, साइपाटा–८ बाजुराका परेक भन्डारी, असुरा भण्डारी, रिष्म भण्डारी, जटिल भण्डारी छन् । पहिरोमा बेपत्ता भएका ४ जनाको खोजी भइरहेको छ । प्रहरी टोली खटिइसकेको बताइएको छ । बाढी–पहिरोले गेजबजारमा रहेका २० वटा टहरा बगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ