arrow

नेविसंघलाई कार्यक्रम गर्न प्रतिबन्ध

चन्दा संकलनमा रोक

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
nebisangha-300x155.jpg.jpeg
धरान ।  नेपाली कांग्रेस सुनसरीले पार्टी तथा भ्रातृ संघ संस्थाको नाममा कुनैपनि चन्दा तथा सहयोग संकलन नगर्न निर्देशन जारी गरेको छ । नेविसंघ विवाद समाधान समितिका संयोजक समेत रहेका जिल्ला सचिव केदार भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टी लगायत सम्पूर्ण भ्रातृ संस्थाहरुको कुनैपनि पदाधिकारी, सदस्य वा जोकोहीले पनि चन्दा संकलन गर्न आएमा नदिन र तुरुन्त सभापति राजिव कोइराला, सचिवद्वय भण्डारी, र सुजेन्द्र तामाङ वा पार्टी कार्यालयमा जानकारी गराउन भनिएको छ । 
 
अन्यथा पार्टी विधान अनुसार कारवाही गरिने समेत उल्लेख गरिएको छ । नेविसंघ सुनसरीको नेतृत्वमा विवाद भई दुईवटा समानान्तर समिति बनेपछि विवाद समाधान गर्न गठित समितिले विवाद देखिएका नेविसंघ इकाई, क्षेत्र र जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई विवाद उत्पन्न हुने कुनैपनि कार्य नगर्न निर्देशन जारी गरेको थियो ।
 
सकरात्मक ढंगले विवाद समाधान उन्मुख भइरहेका बेला नेविसंघ नेतृत्वले कार्यक्रमको नाममा आर्थिक चन्दा संकलन गर्ने तथा एक अर्कालाई वैध अवैध भनि होच्याउने किसिमका गतिविधिहरु सञ्चालन गरी वातावरण विगार्ने कार्य भइरहेकोप्रति पाटीको गम्भिर ध्यानाकर्षण गराएको र विवाद समाधान नहुंदासम्म कुनैपनि कार्यँक्रम नगर्न पुनः सचेत गराइएको प्रवक्ता एवम् सचिव सुजेन्द्र तामाङले बताए ।
 
नेविसंघ सुनसरीमा सुनिलकुमार साह र चन्द्रसुन्दर खेवाङले आ–आफुलाई जिल्ला सभापति दावी गर्दै समानान्तर गतिविधि गर्दै आएका छन् । साहले आफु ११औं जिल्ला अधिवेशनबाट सर्वसम्मतिले सभापति चयन भएको र खेवाङ उपसभापति चयन भएको बताउंदै आएका छन् । खेवाङले आलोपालो सभापति चलाउने सहमति भएको बताउंदै आएका छन् । आलोपालो सभापतिको व्यवस्था विधानमा नभएकाले अवैध सहमतिको कुनै अर्थ नहुने साह पक्षका विद्यार्थी नेताहरुको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ