- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय पूर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी चकित पार्ने मामिलामा चिनिन्छन् । उनीहरु कतिबेला के गर्छन् पत्तो हुन्न ।
त्यस्तै गरेका छन् धोनीले । भारतको ७४ औं स्वतन्त्रता दिवसको साँझ अगष्ट १५ तारिख साँझ धोनीले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । यो सबैका लागि आश्चर्य थियो ।
मोदी पनि यो निर्णयबाट भावूक बने । उनले धोनीलाई एउटा भावुक पत्र लेखे । धोनीको सन्यासको पाँच दिनपछि उनले निकै भावुक पत्र लेखेका हुन् ।
उनले पत्रमा लेखे, ‘तपाईको सन्यासले १ सय ३० करोड भारतीय निराश भएका छन् । तर भारतीय क्रिकेटका लागि तपाईले जे गर्नुभयो त्यसका लागि सबै भारतीय आभारी छन् ।’
मोदीले धोनीबारे पाँच खास कुरा लेखेका छन्–
१, यसले कुनै अर्थ राख्दैन कि तपाईंले कुन हेयरस्टाइल राख्नुभएको थियो तर जीत होस् कि हार तपाईले आफ्नो मन र दिमाग शान्त राख्नुभयो । यो देशका युवाका लागि ठूलो शिक्षा पनि हो ।
२, म भारतको सशस्त्र बलसंग तपाई जोडिएको तारिफ गर्न चाहन्छु । भारतीय आर्मीसंग जोडिएर तपाई निकै शुखी हुनुहुन्थ्यो ।
३, देशको हालको फैसला गर्ने पिँढीले हिम्मत हार्दैन । मैले तपाईको कयौं खेलको पारीमा देखेको छु ।
४, तपाईंको क्रिकेट करियरको स्टाटिस्टिक्सको प्रिज्मको माध्यमबाट देख्न सकिन्छ। तपाईं भारतको सबैभन्दा सफल कप्तानमध्ये एक हुनुहुन्छ। तपाईको प्रयासका साथ भारत विश्वमा पहिलो स्थानमा पुगेको छ। तपाईंको नाम विश्वको सर्वश्रेष्ठ व्याट्सम्यानहरु माझ विचार गरिन्छ। तपाईं पक्कै पनि विश्वको सर्वश्रेष्ठ विकेटकिपर हुनुहुन्छ ।
५, कठिन अवस्थाबाट उम्किनु तपाईंको खुवी रहँदै आएको छ । तपाईंको खेल समाप्त गर्ने शैली पनि अद्भुत छ। विशेष गरी विश्वकप क्रिकेटका सम्झनाहरु धेरै मानिसको दिमागमा अझै ताजा रहने छन् ।
धोनीको यो पत्रपछि धोनीले ट्वीटरमा सेयर गरेका छन् । उनले भनेका छन्, ‘एक कलाकार, फौजी र खेलाडीलाई यही चाहिन्छ । उसको हौसला बुलन्द होस्, उसको कडा मेहनत र बलिदानको सबैले याद गरुन् । तारिफ र शुभकामनाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ।’