arrow

प्रदेश-५ मा अस्पताल खोज्दै जान्छ संक्रमितको ज्यान, आईसीयू व्यवस्थामा कमजोर

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
isolation.JPG

रुपन्देही । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पछिल्लो समय दिनप्रति दिन प्रदेश –५ को अस्थायी मुकाम रुपन्देहीमा ज्यान गुमाउनेहरुको संख्या थपिँदै गएको छ । जसका कारण यहाँको जनजीवन त्रसित बन्न पुगेको छ ।

यति मात्रै नभई सरल र शालिन मानिने नेकपाका नेता शंकर पोख्रेलको प्रमुखतामा सञ्चालन हुँदै आएको प्रदेश नंं ५ को सरकार सामाजिक सञ्जालमा अन्य प्रदेशहरु भन्दा अलि अगाडि रहेको छ । जसले सूचना सम्वन्धि जानकारी सामाजिक सञ्जाल मार्फत् सूचना सुसूचित गर्ने गर्दछ । 

तर बिडम्वना, प्रदेशकै अस्थायी मुकाम रुपन्देहीमा कोरोना भाइरस संक्रमित होम आईसोलेसनमा बसेको बेला अवस्था थप नाजुक भएपछि उपचारका लागि जिल्लामा आईसीयू सहितको अस्पताल खोज्दा खोज्दै संक्रमितले ज्यान गुमाउनु परेको सूचना भने स्टाटसमा प्रकाशित गरिएन । कारण थियो प्रदेश सरकारको कमजोरी बाहिर आउने भय । सायद यस विषयमा जानकारी नभएर पनि होला ।

गत आईतबार बुटवलकै एकजना वृद्ध पुरुषले आईसीयू नपाएर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनिकमा राखिएको अवस्थामा ज्यान गुमाउन पुगे ।

बुटवल– ५ का स्थानिय उनीमा उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए पनि तर आईसीयू नपाएर फिभर क्लिनिकमा राखेर अक्सिजन लगाइएको अवस्थामा मृत्युवरण भयो ।

सो अस्पतालमा रहेको जिन एक्सप्ट विधिबाट पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र अवस्था थप बिग्रिदै गएपछि अस्पतालको कोरोना विशेष अस्पतालमा उनले आइसीयूमा बेड पाउन सकेनन् । अवस्थाले अन्यत्र लैजान पनि सम्भावना कमै थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले अस्पतालमा आइसीयू बेडहरु भएका जति सबैमा संक्रमितहरु रहेकाले अन्यत्र लैजान सुझाव दिइए पनि बाहिर लैजाने अवस्था नाजुक भएकाले सिमित स्रोत साधन उपचार गर्नेबारे परिवारसँग सल्लाह अनुसार अक्सिजन दिएर उपचार गरिरहेको बेला मृत्यु भएको बताए ।

उनी एक प्रतिनिधि पात्र हुन् । प्रदेश नं ५ मा कोरोना संक्रमितहरुको संख्या बढ्दै जानु र मृत्यु हुनेहरुको संख्या पनि थपिदै जाँदा आवश्यक उपचारका लागि पहलकममी चालेको पाइएको छैन । 

सोमबार पनि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक महिला होम आइसोलेशनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा समस्या जटिले बनेसंगै यहाँका कोरोना विशेष अस्पतालहरुमा उनीले आईसीयू सघन कक्ष पाउन सकिनन् । आईसीयू सघन कक्ष खोज्दा खोज्दै  अन्ततः भैरहवाको भीम अस्पताल पु¥याई पनि उनको वाटो मै मृत्यु भैसकेको भन्दै सो अस्पतालले मृत घोषणा गर्यो ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार बुटवलस्थित कोरोना विशेष अस्पतालमा १६, भीम अस्पताल भैरहवामा ५, दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ५ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ८ गरी ३४ वटा आईसीयू बेडहरु रहेका छन् ।

तीमध्ये हाल २१ वटा आर्इसीयू बेडमा बिरामीहरु भर्ना छन् भने दाङमा ४ र बाँकेमा ८ वटा गरी १२ वटा बेड खाली रहेको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जनाएका छन् ।

कोरोना विशेष अस्पताल बुटवलका भने सबै आईसीयू बेडहरुमा बिरामी भर्ना गरिएको छ । त्यस्तै सोमबारदेखि सञ्चालनमा आएको भैरहवाको भीम अस्पतालमा ५ वटा बेड मध्ये सबै बेडहरु खाली नरहेको भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले जनाएका छन् ।

यसैबीच बेड अभाव हुँदा रुपन्देहीमा लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामीहरुलाई भर्ना गर्ने आर्इसीयू बेड अभाव हुँदा संक्रमितहरुको स्वास्थ्य खतरा रहेको बताउँदै, प्रदेश–५ मा आईसीयू सघनको व्यवस्था कमजोर रहेको यहाँका सरोकारवालाहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ