arrow

रसुवाबाट ३ लाख २२ हजार लिटर पेट्रोल काठमाडौं आउँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1955583264.jpeg
काठमाडौं । चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल आएको छ । बुधबार साँझ सम्म रसुवाको केरुङ नाका हुँदै ३५ ट्याङकरमा ल्याउन बाँकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल आएपछि अनुदानको सबै तेल नेपाल भित्रिएको हो । 
 
अनुदानको सबै पेट्रोल रसुवागढीबाट बिहीबार काठमाडौं आइपुग्ने छ । भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार राजश्व भुक्तान भइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । 
 
चीनले नेपाललाई अनुदानमा १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको थियो । नेपाली ट्याङकर निकै कठिन बाटोबाट चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए ।
 
भित्रिएको पेट्रोल नेपाल अइल निगमको केन्द्रिय डिपो थानकोटमा भण्डारण गरिएको छ । चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ यूरो स्ट्याण्डर नम्बर फोर (यूरो ४) रहेको नेपाल अइल निगमले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ