arrow

ओली सरकारकै नीति कार्यक्रम राम्रो छ, किन सरकार परिवर्तन गर्ने : काँग्रेस नेतृ कोइराला

हिन्दु राज्यका विषयमा नेपाली काँग्रेसभित्र आएका भनाइहरु लगत छन्, संविधानका मूल विषय संशोधन हुँदैनन्

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
Sujata-koirala-new-FNL.JPG.jpeg
भक्तपुर । नेपाली काँग्रेसकी नेतृ एवं केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताएकी छन् । रफत सञ्चार क्लबकोे  साक्षात्कारमा कोइरालाले केपी ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले काँग्रेसले समेत सहमति जनाउने भन्दै नेतृ कोइरालाले तत्काल सरकार परिवर्तन गरिए विकासका बाटाहरु बन्द हुने एवं सो कदम सबैका लागि घातक हुने बताइन् । 
 
कोइरालाले स्थानीय निकायको निर्वाचन गर्ने भनि सरकारले नीति तथा कार्यक्रम ल्याएपनि एमालेले नचाहेको भन्दै यदी एमालेले स्थानीय निकायको निर्वाचनको तयारी गर्ने भए प्रतिपक्ष काँग्रेसलाई छलफलमा बोलाउनु पर्ने तर त्यसो भएन–भनिन् । स्थानीय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले समेत स्थानीय निकायको निर्वाचन सबैको आवश्यकता भएको नेतृ कोइरालाको भनाई छ । 
 
प्राधिकरणको काम सुस्त गतिमा चलेको गुनासो गर्दैै उनले बर्खाको समयमा भूकम्पपिडितहरुका लागि केही गर्न नसक्दा त्यसले सबै तर्फ नकारात्मक असर पार्ने भएकाले सरकारले पुनःनिर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्न सक्नु पर्नेमा जोड दिइन् । 
 
यस्तै, मधेस आन्दोलनका जायज मागहरुको सम्बोधन गर्नु पर्ने भन्दै नेतृ कोइरालाले अबको एजेण्डा देशको आर्थिक र सामाजिक विकास भएकाले सबै मिलेर त्यतातर्फ लाग्नु पर्ने र तराईलाई समेत आर्थिक बाटो तर्फ अघि बढाउनु पर्ने औंल्याइन् । हिन्दु राज्यका विषयमा नेपाली
काँग्रेसभित्र विभिन्न भनाइहरु बाहिर आएपनि त्यो गलत भएको भन्दै अब साना विषयहरुलाई संविधानमा समेटर संशोधन गर्न सकिए पनि मुख्य विषयहरु जो नेपाली जनताले लेखेका छन् ती परिवर्तन नहुने समेत कोइरालाले जिकिर गरिन् । 
 
नेपाली काँग्रसेले आफ्ना भातृ संगठनको निर्वाचन गर्न नसकेको तर्फ सबै केन्द्रित भएर लाग्नु पर्ने भन्दै कोइरालाले यदी बेलैमा काँग्रेसले सोचेर निर्वाचनतर्फ अग्रसर नभए त्यसले कार्यकर्तामा निराशा ल्याउने स.केत गरिन् । नेपालका छिमेकी देशहरुसँग सफल कुटनीतिक सम्बन्धको बिस्तार गर्दै विकासका विषयलाई एजेण्डाको रुपमा लिएर नेपालले लाभ लिने तर्फ अघि बढ्नु पर्नेमा कोइरालाले जोड दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ