काठमाडौं । सिंहदरबारको पश्चिम गेट अर्थात् मूल प्रवेशद्वारको भित्तामा
रगत जस्तै देखिने रातो रङ्ग छ्याप्ने इशान अधिकारी र उनलाई साथ दिएको भनिएका शेषनारायण झालाई महानगरीय प्रहरी परिसर बृत्त सिंहदरबारले प्रशासनमा बुझाउने तयारी गरेको छ ।
बृत्तले दुबैलाई सार्वसनिक अपराध अन्तर्गत कारबाहीका लागि प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउन लागेको हो । बृत्तका प्रहरी नायव उपरीक्षक प्रजित केसीले हाम्राकुरासंग भने, ‘सार्वजनिक मुद्दा लागिसक्यो । निर्णयका लागि सिडिओ साव कहाँ बुझाउन डकुमेन्टेसन भइरहेको छ । वुधबारै कार्यालय समयभित्र हामी बुझाँछौं ।’
इशानले सिंहदरबारको भित्तामा आफुले सांकेतिक विरोध स्वरुप रङ्ग छ्यापेको स्वीकारेका छन् । विरोध गर्न पाउने व्यक्तिको लोकतान्त्रिक अधिकार भएपनि निषेधित क्षेत्रमा उश्रृंखल गर्न पाइँदैन । इशानले सिंहदरबारको भित्तामा रंङ्ग छ्यापेपछि स्वदेश बचाउनका लागि भन्दै निर्जल ब्रत प्रारम्भ गरेको सार्वजनिक अपिल समेत गरेका थिए ।
उनले सार्वजनिक गरेको अपिलमा पूरै नाम नलेखिएपनि ई. इशान स्वतन्त्र लेखेका थिए । हस्ताक्षरको स्थानमा औंठाछाप लगाएका उनले प्रहरीसंगको बयानमा आफु राजनीतिक कार्यकर्ता रहेको बताएका छन् । यद्यपि, उनी कुन् दलसंग सम्बिन्धित छन् भन्ने आफुहरुले नसोधेको प्रनाउ केसीले बताए ।
आफुलाई ईन्जिनियर समेत भन्ने उनले धेरै कुरा प्रहरीसंग खोलेका छैनन् । सिंहदरबारमा आफु रङ्ग छ्याप्नैकै लागि गएको बताइसकेकाले उनी सार्वजनिक अपराधको भागिदार बनिसकेका प्रहरीले जनाएको छ । यद्यपि उनीसंगै रङ्ग छ्याप्ने कार्यमा संलग्न रहेको भनिएका शेषनारायण झा पत्रकार हुन् । उनी समयवोध साप्ताहिकसंग आवद्ध रहेका र उनी पक्राउ परेको विरोधमा पत्रकार महासंघ ललितपुर शाखाले विरोध गर्दै रिहाईको माग गरेको छ ।
मधेसी पत्रकार भनेर पक्राउ गरेको भन्ने भ्रम हो
प्रनाउ केसीले मधेसी पत्रकार भएकै नाताले राज्यले दमन गर्दै पक्राउ गरेको भन्ने हल्ला छ त्यो भ्रम मात्रै हो भनेका छन् । उनले भने, ‘उहाँ एक दिन हैन आइतबार र सोमबार लगातार पक्राउ पर्नु भएको छ । दुई दिन पक्राउ पर्दा समेत उहाँले पत्रकार हुँ भन्नु भएन । पछि तेस्रो दिन मंगलबार म्याद थपका क्रममा म पत्रकार हुँु भन्नु भयो । अहिले पत्रकार हुँ फोटो खिच्नका लागि गएको थिए भन्नु हुन्छ ।’
हामीले संलग्न भनेर पक्राउ गरेको हो । म्याद थप गर्दा समेत पत्रकार हो संलग्न नि भएको भन्नु भयो, केसीले थपे, ‘त्यहाँ संका गर्ने ठाउँ रहयो ।’ अर्का पत्रकार समेत त्यहाँ पुगेका थिए । उनी पनि पक्राउ परे । सन्तोष ओझाले हो म रिपोटिङका लागि गएको हुँ भने, हामीले छाडि दियौं । उहाँले त्यसो भन्नु भएन । उल्टै लुकाउनु भयो । इशानले म रङ्ग छ्याप्नकै लागि गएको हुँ भने । उनलाई छोड्ने कुरा रहँदैन । शेषनारायणको हकमा कतै निर्दोष व्यक्ति समातियो की भनेर सिडियो कहाँ बुझाउन लागिएको हो–केसीले विस्तारमा भने । सिडियो सावले जे गर्नु हुन्छ ।
यस्तै इशानल सार्वजनिक अपिलमा आइतबार सिंहदरबारको मूलद्वारमा रक्तिम रङ्ग छर्की सिंहदरबारको चरित्र उदाङ्गो गर्दै मैले निर्जल ब्रत प्रारम्भ गरेको छु –भनेका थिए । उनले सरकार र असन्तुष्ट पक्षसंग चारवटा बुँदामा सार्वजनिक आह्वान समेत गरेका छन् ।
उनले आफु केही महिना अघि हुलाकी मार्ग मार्फत महाकाली मेची पैदलयात्रा गरेको र सो क्रमममा आफुले भेटेका नागरिकले राष्ट्रप्रति निराशा व्यक्त गरेको अपिलमा उल्लेख गरेका छन् । उनले यो संकेत पनि गरेका छन्, ‘नेपाल सरकार र शीर्षदलका अगुवाले तत्काल स्थितिको गम्भीरता बुझी असन्तुष्ट पक्षलाई पूर्णसम्मानसहित समेट्ने इमान्दार प्रयास नगरे दीर्घ वा मध्यकालमा स्वदेशको अस्तित्व संकटमा पर्ने प्रष्ट छ । त्यसैले यो निर्जल वर्त स्वदेश बचाउनका लागि हो ।’