arrow

संविधानमा हिन्दुराष्ट्र सहित थारुको अधिकार सुनिश्चित हुनुपर्‍याे

logo
यादव आचार्य
प्रकाशित २०७३ जेठ १२ बुधबार
tharu,-kalas.JPG.jpeg
बर्दिया । नेपालको संविधानमा हिन्दुराष्ट्रसहित थारुको अधिकार सुनिश्चित गरिनु पर्ने थारु समुदायका वडघरले माग गरेका छन् । बर्दियाको भैसाही स्थित ढुँगेश्वरनाथ शिव मन्दिरमा आयोजित श्रीमद्भागवत महायज्ञको कलश यात्रामा सहभागी थारु समुदायका वडघर हरि प्रसाद थारुले सो माग गरेका हुन् ।
 
थारुहरु पनि हिन्दु धर्मावलम्वी भएकाले महायज्ञको आयोजना गरिएको वडघरले बताए । संविधानमा थारुको अधिकार सुनिश्चित गर्दै हिन्दुराष्ट्र लेखिनु पर्ने बताए । विश्वशान्ति तथा शिव मन्दिरको पाँचौ स्थापना वर्षका अवसरमा आयोजित महायज्ञ स्थानीय गाउँलेहरुको मुठीदान मार्फत आयोजना गरिएको हो । स्थानिय भादा नदीबाट निकालिएको जल वगलामुखी मन्दिर परिक्रमा गर्दै राधाकृष्ण चोकमा हुँदै मोहम्मदपुर गाविसको भैसाही गाउँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ