arrow

देउवाको नीजि सचिव बने जोशी

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
keshabraj-joshi-new.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो नीजि सचिव नियुक्त गरेका छन् । देउवाले संसदीय दल हेर्ने गरेर अधिवक्ता केशवराज जोशीलाई नीजि सचिव नियुक्त गरेका हुन् । 
 
देउवाका सहयोगी एवं भतिजा भानु देउवाका अनुसार जोशीले यसअघि समेत संसदीय दलमा नीजि सचिव भएर काम गरिसकेका छन् । सभापति देउवाले तीन दिन अघि सुटुक्क जोशीलाई नीजि सचिव नियुक्त गरेका हुन् । यद्यपि, भानुले यसका लागि कुनै छलफल गर्नु नपर्ने भएकाले जानकारी बाहिर नआएको बताए । 
 
देउवाले व्यवस्थित गरेको भनिने कञ्चनपुर जिल्लाा रैकवारबिच्वा गाविस –७ का जोशी यसअघि तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार समेत भए । उनीसंग तत्कालिन प्रमुख सचेतक र कानुन मन्त्री टेकबहादुर चोख्यालको स्वकिय सचिव भएर काम गरेको अनुभव समेत रहेको छ । जोशी वकालतमा समेत अनुभवि मान्छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ