योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै कांग्रेस बलियो – शंकर भण्डारी
प्रकाशित २०७७ असोज १ बिहिबार
408
Shares
तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताएका छन् ।
नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले स्वच्छ छवि भएका नेताहरुलाई पार्टीको आगामी महाधिवेशनमा विजयी गराउन सके मात्रै सङगठन पनि बलियो बनाउन सकिने नेता भण्डारीको भनाइ थियो ।
नेता भण्डारीले सङ्गठन बलियो बनाउन गुट उपगुटमा नलागी एक हुनुपर्ने धारणा व्यक्त गरे ।
पार्टीका वडा सभापति तुलबहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई लगायतका नेताहरुले स्वार्थ त्याग्ने तथा आन्तरिक रुपमा झगडा नगरी पार्टी बलियो बनाउन लाग्नुपर्ने धारणा राखे ।