arrow

बलात्कार आरोपमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्का पूर्पक्षका लागि जेल चलान

खड्कासँग ठगी मुद्दामा ५० लाख र शरीर बन्धक मुद्दामा २ लाख धरौटी माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
gobinda-khadka-likhu-gaunpalika-ramechhap.jpg

काठमाडौं। लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । शरीर बन्धक, बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खडकामाथि शुक्रवार भएको थुनछेकको बहस सकिएसँगै जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि जेल पठाउने आदेश गरेको हो ।

धोवी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले आफूलाई अध्यक्ष खड्काले शरिर बन्दक तथा अपहरण गरेको उजुरी दिएसँगै २०७७ साउन ३० गते उनी पक्राउ परेका थिए ।

त्यससँगै गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दस महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन् ।

जिल्ला अदालतल रामेछापले बलात्कारको आरोपमा लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कालाई पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको छ । अदालतले ठगी मुद्दामा ५० लाख र शरीर बन्धक मुद्दामा २ लाख धरौटी माग गरेको छ । खड्का तत्कालिन नेकपा एमालेबाट निर्वाचित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ