arrow

बर्खाको समय

logo
अमित संग्रौला, 
प्रकाशित २०७७ असोज १४ बुधबार
amit-sangraula.JPG

लगातार पानी परिरहेको छ हप्ता दिनदेखि । पानी रहन्छ जस्तो देखिँदैन । वातावरणमा पनि उतारचढाव आएको देखिन्छ । गएको राति त ठूलै पानी परेछ । असिना सहित आएको सुनिन्थ्यो । टिन बजेको आवाज कानमा गुन्जिरहेको छ । पानी सँगसँगै हुरी बतास पनि आएको थियो । बिजुलीको पोल ढलाएछ । आँपका रुख बकैनाको बोट असरल्ल परेर भुइँभरि छरिएका छन् ।

गाउँलेहरु ती लडेका रुखहरु काटेर दाउरा बनाउने दाउ छोपी रहेका छन् । असार लागिसकेको हुनाले रोपाइँ गर्ने चटारो परेको छ । बडा बा र पल्लो घरे काकाहरुलेको रोपाइँ धमाधम चलिरहेको छ । छोरा भन्छ बाबा स्कुल कहिले खुल्छ र मैले एसइई दिन पाउँछु । 

लक डाउन कहिले खुल्छ ? यो कोरोना भाइरसले मान्छेले सत्यनाश गरिसक्यो भनेर देवकी रिस पोख्छिन् । लामो समयदेखि बन्दा बन्दी भएको छ । त्यहाँ पनि लक डाउनले जनजीवनमै प्रभावित पारेको छ । वर्षाको समय छ । किसानहरु रोपाइँको चिन्ता छ । मानो खाएर पाथी फलाउने समय हो । जततहीँ एउटै खबर आई रहन्छ । फेसबुक सामाजिक संजालमा कोरोना भाइरसको यति जनाको संक्रमण भए । मृत्युदर यति निको भएका यति समाचार न्युजमा आइरहेको छ । यता आमा चै पसलहरु कहिले खुल्छ ? र, ती पाकेका आँप र कटहर लिएर बेचौ । आमाको मन पनि उदास छ ।

आज पानी नराम्रोसँग पर्यो ।टिभी रेडियोमा समाचार आइरहेको छ । कतै भने बाढीपहिरो नै आएछ । कहिँ कहिँ भने चट्याङ परेर मान्छेहरु मरेछन् । कोरोना भाइरसको महामारी छ । बर्खा लागेर त्यसमा मान्छेको जनजीवनमा प्रभावित पारेको छ । छोराले एसइई को परिक्षा दिन न पाएर उसले पनि पढेको बिर्सिन्छ भन्ने डर छ उसको आमालाई । 

साँझको समय बाहिर पानी परिरहेको नै छ । छोरा आफ्नै कोठा मा छ । आमा दल्किरहनु भएको छ । देवकी छेउमा आइन् र भनिन् । – “ग्यास त सकिएछ ।” पानी परिरहेको छ । ग्यास खोज्न म कहाँ जाउँ । दाउरामै पकाउन आज भोलि दिउँसो खोजेर ल्याउँला । देवकीले जसोतसो गरेर खाना पकाइन् । 

छोरा र आमालाई पस्किएर दिइन् । हामीले त खाना खायौं । ती खाना न पाएर भोकभोकै मर्नु परेको छ । कति बिजोग छ । यस्तो झरी र बर्खाको समयमा । उनले दुःख व्यक्त गरिन् । निकैबेर कुराकानी गरेपछि हामी सुत्न तरखरमा लाग्यौं ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ