दाङलाई राजधानी बनाउने विरोधमा आईतवार रुपन्देही वन्द, शनिवार साँझ राँके जुलुस
नारायण वली,
प्रकाशित २०७७ असोज १७ शनिबार
506
Shares
रुपन्देही । प्रदेश नं.५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलनको तयारी गरेको छ । कांग्रेस रुपन्देहीको शनिवार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको हो ।
नेविसंघ रुपन्देहीको शनिवार बुटवलमा वसेको संयुक्त वैठकले अस्थायी राजधानीको रुपमा रहेको रुपन्देहीबाट प्रदेशको स्थायी राजधानी दाङ वनाउने प्रस्ताव एकाएक प्रदेश सभामा पेश गरेर तानाशाह लादेको ठहर गर्दै, रुपन्देहीबाट दाङ राजधानी सार्न नदिन विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
हाम्राकुरासंग कुरा गर्दै, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले शनिवार साँझ विरोध स्वरुप राँके जुलुस, आईतवार भोलि जिल्ला वन्द र नेकपा पार्टीका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु राखेको बताए ।
प्रदेश सभामा शुक्रबार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलका विभिन्न स्थानहरुमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिवार साँझ राँके जुलुस प्रर्दशन गर्ने जनाएको हो।