रमेश लेखकले दुई सय बढीलाई विभिन्न पार्टीबाट गराए कांग्रेसमा प्रवेश
प्रकाशित २०७७ असोज २५ आइतबार
403
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् । उनले शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने महाकाली नगरपालिकामा विभिन्न पार्टीमा आवद्ध दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
महाकाली नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा लेखकले दुई सय २० जनालाई कांग्रेसमा प्रवेश गराएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।
कांग्रेस प्रवेश गर्नेमा महाकाली नगरपालिका–७ मा गत स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट वडा अध्यक्षका प्रत्यासी समेत रहेका रामबहादुर थापासहित मायादेवी पुन, प्रेमबहादुर क्षेत्री, सोनम थापा, सपना बडुवाल, रवि थापा, सुक्कु सुनार, वीरबहादुर सुनारलगायत १५० जना राप्रपा र नेकपा लगायत अन्य पार्टीबाट ७० जना गरी दुई सय २० जना हुन् ।