arrow

घट्यो सुनको मूल्य, कति पुग्यो?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
gold-jewellery.jpg

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाका दरले घटेकोको हो ।
महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ रहेको छ । यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँका दरले कोरोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको थियो ।

नेपाली बजारमा आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ