सशस्त्रलाई देखेर तस्कर भागे, दशगजाबाट अवैध सामाग्री बरामद
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
706
Shares
नेपालगन्ज । नेपालगन्जको जमुनहास्थित दशगजाबाट सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिरहेको सामाग्री बरामद गरेको छ।
जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमल बिक्रम रेउलेको कमान्डमा खटिएको ७ जनाको गस्ती टोलीले सोमबार दिउँसो २ बजे नेपालगन्ज १६ जमुनहास्थित दशगजाबाट ग्याँस कम्प्रेसर, मेसिनरी सामन र कपडा बरामद गरेको हो।
अवैध सामाग्री ल्याउदै गरेका तस्करले सशस्त्र प्रहरीलाई देख्ना साथ सामन फालेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको ८४ हजार मूल्य बराबर अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि सोमबारै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।