arrow

पोलीग्राफ टेष्टमा आशिषले मनिषाको हत्या नगरेको रिपोर्ट, अनुसन्धान जारि

होईन भन्ने जवाफबाट मात्रै निश्कर्षमा पुग्न नसकिने

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Parasi-manisha.jpeg.jpeg
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको शंकास्पद मृत्यु पछि गरिएको उनका प्रेमी भनिएका युवक रुद्र नारायण चौधरी 'आशिष'को पोलिग्राफ टेष्ट गरिएपछिको रिपोर्टमा उनले हत्या नगरेको बताएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीले बताएका छन्। 
 
घाँटीमा कसेर मारेको हो? भन्ने प्रश्नको जवाफमा रुद्रले 'होईन' भनेको प्रहरीले जानाकारि दिएको छ। प्रारम्भिक अनुस्नधानबाट मनिषाको हत्या रुद्रले नगरेको देखिए पनि अनुसन्धान अझै जारी रहने प्रहरीले बताएको छ। 
 
अनुसन्धान अवधि २५ दिन हुने गरेको मा आज भर्खर ६ दिन भएको प्रहरीले बताएको छ। पुर्ण अनुसन्धान पछि मात्र अन्तिम तथ्य भन्न सक्ने प्रहरीको भनाई रहेको छ। 
 
पोष्टमार्टम रिपोर्टले झुण्डिएर मृत्यु भनेको र पोलिग्राफ टेष्टबाट 'होईन' भन्ने जवाफबाट मात्रै निश्कर्षमा पुग्न नसकिने प्रहरीले बताएको छ। 
 
मनिषाको मृत शरिर ओच्छ्यानमा भेटिएको र सल तीन किलोमिटर पर कल्भर्टमा भेटिएको हुनाले अनुसन्धान अझै हुन्छ र पुर्ण अनुसन्धान पछि मात्र निष्कर्षमा पुग्ने प्रहरीले बताएको छ। 
 
यसअघि पोष्टमार्टमको रिपोर्ट पाँच दिनपछि मंगलबार मात्रै आएको थियो । यद्यपि, घटनाको सत्य तथ्य खुल्न अब प्रहरीको जानकारी कुर्नु पर्ने भएको छ । 
 
मनिषाको गत वुधबार राति बर्दघाट –८ स्थित आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । हत्याको शंकामा शुक्रबार उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा पोष्टमार्टम भएको थियो । पोष्टमार्टमका मुख्य चिकित्सक राजधानी बाहिर रहेकाले रिपोर्ट आउन ढिलाई भएको बताइएको छ । 
 
मनीषाको मृत्युबारे चिकित्सकहरुले दिएको जानकारी अनुसार झुण्डिएका कारण मृत्यु भएको हो । यद्यपि, आफै झुण्डिएको वा अरु कसैले झुड्याएको भन्नेबारे प्रहरीको थप अनुसन्धानबाट खुल्ने छ । 
 
नवलपरासी प्रहरीको मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक प्रकाश सापकोटाले अनुसन्धान भइरहेको र मनिषासंगको सम्बन्धमा रहेका आशिष भनिने रुद्रनारायण चौधरीको पोलिग्राफ टेष्ट भएको जानकारी दिए । मनिषाको हत्या भएको भन्दै परासी सदरमुकाममा प्रदर्शन समेत भएको छ । 
 
मनिषाको शुक्रबार पोर्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्यष्टी भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ