arrow

डा. चन्द्र भण्डारीको सोचले जितेको दशैं, माझी बस्तीमा दशैं सम्पन्न

logo
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीको सोचले जितेको दशैं यसपटक पनि कसैका लागि खुशीयालीमा सम्पन्न भएको छ । 

आफू पिताको निधनले शोकमा रहे पनि डा. भण्डारीले सहाराविहीन बालबालिकाको मुहारमा खुशी ल्याउन सात वर्षदेखि थालेको योजनाले यसपटक पनि निरन्तरता पाएको हो । 

गुल्मीबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै आएका डा. भण्डारी आफू शोकमा भएकाले गुल्मी जान नपाए पनि उनले सात वर्षदेखि गर्दै आएको कर्मलाई भने निरन्तरता दिएका छन् । 

उनले हाम्राकुरासँग भने, ‘आफू शोकमा भएको र कोरोना भाइरसका कारण परिस्थिति सहज नभए पनि मेरो योजना भने समितिमार्फत पूरा भएको छ । उहाँहरुले हर्सोल्लासका साथ समूदायमै पुगेर टीका लगाइदिनु भएको छ । आशा राखेको समूदाय खुशी भएको छ ।’

कांग्रेस नेता डा चन्द्र भण्डारीलाई पित्रृशोक 

नेपालको नमूना दशैंको रुपमा रहेको गुल्मीमा मनाइने ‘माझी बस्तीमा मनाइने दशैँ’ यसपटक महानवमी र विजयादशमी गरी दुई दिनमा सम्पन्न गरिएको हो । 

गुल्मीको बम्धाको आटी पाटाबाट सुरु भएको दशैं  बम्धाको लक्ष्मी निमावि, रुपाकोट, चन्द्रकोटको बालउध्धान, हुगाँको झेद्री हुँदै दशैंको दिन बलिथुमको माझी बस्तीमा सम्पन्न भएको डा. भण्डारीले बताए । 

विगतमा भन्दा फरक शैलिमा मनाईएको यो दशैंले आफ्नो निरन्तरतालाई अगाडि बढाइएको छ । दशैं आयोजक समितिले यस कठीन समयमा विभिन्न स्थानमा जनता समक्ष पुगी दशैं सम्पन्न गरेको भन्दै डा. भण्डारीले आभार व्यक्त गरेका छन् । 

डा. भण्डारीले सबै मानवजातिको लागि विजया दशमी फलदायी बनोस् भन्ने कामनाका साथ मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् । 

उनले पाँच सय ९७ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् । उनीहरुलाई आवश्यक सामग्रीसमेत प्रदान गर्दै आएका छन् । छ सय विद्यार्थी रहे पनि तीन जनाको भने मृत्यु भएको छ । 

यसरी मनाउँदैछन् डा चन्द्र भण्डारीले दशैं, भन्छन् –पैसा भएर हुन्न दिल चाहिन्छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ