काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सूचना तथा सञ्चारमा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ। बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा प्रधानमन्त्री कार्यालयमा कूल खसेको मत मध्ये संगठनले १ सय ७३ मत प्राप्त गरी विजयी भएको छ भने युनियनले ६७ मत प्राप्त गरेका छन् । राष्ट्रिय कर्मचारी संगठनले २५ मत ल्याएको छ।
त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयमा पनि एमाले समर्थित संगठनले नै बिजय हासिल गरेको छ। सञ्चार मन्त्रालयमा संगठनले १ सय २८ मत ल्याएर बिजयी भएको भने कांग्रेस समर्थित युनियनले ८८ मत ल्याएर दोस्रो भएको छ । राष्ट्रिय कर्मचारी संगठनले १९ मत प्राप्त गरेका छन्।