काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा रूपन्देही र उदयपुरमा पनि एमाले निकट कर्मचारीहरूकै बर्चश्व देखिएको छ । रूपन्देहीजिल्ला कार्य समितिमा एमाले निकट कर्मचारी संगठन पहिलो भएको छ । कुल खसेको सदर मत ११ सय ९४बाट कर्मचारी संगठनले ५ सय ७१ मत प्राप्त गरेको छ । त्यसैगरी कर्मचारी युनियन संघले ४ सय २० मत पाएर दोस्रो भएको छ । त्यसैगरी मधेशी कर्मचारी संगठनले १ सय ६ मत पाएको छ भने राष्ट्रिय कर्मचारी संगठनले ४८ र कर्मचारी मिलनकेन्द्रले पनि ४८ मत पाएको छ ।
उता, उदयपुरमा पनि कूल खसेको ५ सय २५ सदर मत मध्ये संगठनले २ सय ४६ मत ल्याएर पहिलो भएको छ भने युनियन १ सय १५ मत ल्याएर दोस्रो भएको छ । त्यससँगै राष्ट्रिय कर्मचारी संगठन १०५ मत सहित तेस्रो भएको छ भने मधेशीले ४५ मत ल्याएको छ ।
त्यैसैगरी ताप्लेजुङ र इलाम जिल्लामा नेपाली काँग्रेस निकट कर्मचारीहरूलाई झड्का लागेको छ । बुधबार भएको निर्वाचनमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले जित हात पारेपछि युनियनलाई झड्का लागेको हो ।
मतदानमा कुल खसेको ३ सय ६१ मत मध्ये पाँचथरमा संगठनले १ सय ७८ मत ल्याउँदा काँग्रेस निकट युनियनले ८० मत ल्याएको छ । त्यस्तैगरी माओबादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले ७८ र मधेशी मञ्चले १६ मत ल्याएको छ भने सात मत बदर भएको छ ।
त्यस्तै, इलाममा पनि एमाले निकट संगठनले युनियनलाई भारी मतले पराजित गरेको छ । त्यहाँ कूल खसेको मत मध्ये संगठनको २ सय ५२, युनियनको १ सय ८६, राष्ट्रिय कर्मचारी संगठनको ४२, मधेशी मञ्चको ३३ र स्वतन्त्र कर्मचारी मिलन केन्द्रको १४ र ४ मत मदर भएको संघका जिल्ला कार्य समिति सभापति लक्ष्मण पाण्डेले जानकारी दिए ।