काठमाडौं । संसदीय निर्वाचनमा काँग्रेसले विजय हाँसिल गरेको दुई जिल्लामा कर्मचारी निर्वाचनमा पनि काँग्रेसी कर्मचारी नै विजयी भएका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला तनहँ र काँग्रसका नेताहरू धेरै भएको ओखलढुङ्गामा काँग्रेस निकट युनियनले विजय हाँसिल गरेको हो ।
बुधबार भएको निर्वाचनमा तनहँु जिल्लामा युनियनले २ सय ३१ मतका साथ पहिलो स्थान ओगटेको छ भने एमाले निकट संगठन १ एक सय ९४ मतका साथ दोस्रो स्थानमा रहेको छ ।
त्यस्तैगरी, ओखलढुंगाबाट पनि निजामति कर्मचारी युनियन संघ विजयी भएको छ । बुधबार भएको ट्रेड युनियनको निर्वाचनमा कर्मचारी युनियन संघले १ सय ६२ मत ल्याएर विजयी भएको हो । यसका साथै नेपाल निजामती कर्मचारी संगठनले १ सय ५७ मत प्राप्त गरेको छ ।
त्यस्तै, राष्ट्रिय कर्मचारी संगठनले २० मत मधेशी मञ्चको २९ मत र मिलन केन्द्रको १४ मत आएको छ । कूल ३ सय ९४ खसेको मतमा बाँकी भने बदर भएको हो ।