नेकपाले जितेको बारपाकमा एक सय ६० युवा कांग्रेसमा प्रवेश, सांसद दवाडीले गरे स्वागत
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
576
Shares
गोरखा। केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी वारपाकमा भने कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ। स्थानीय निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमात्र जितेको नेकपाले बारपाक–सुलिकोट गाउँपालिका जितेको थियो। तर, सोमबार सोही गाउँपालिका वडा नं २ मा नेकपाका १५० भन्दा बढी युवा काँग्रेस प्रवेश गरे । गोरखा क्षेत्र नं २ मा रहेको उक्त गाउँपालिका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र हो।
कांग्रेस प्रवेश गरेका युवालाई सोही क्षेत्रका प्रदेशसभा सदस्य, कांग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले माला र खादा ओढाएर स्वागत गरे। कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका सांसद दवाडीले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए। उनले नवप्रवेशीलाई विकाश निर्माणका कार्यमा सहयोग गर्दै सङ्गसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए। सो अवसरमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका युवा कांग्रेस प्रवेश गरेका थिए।