arrow

संविधान कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक : अध्यक्ष दाहाल

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
prachanda-again.jpg.jpeg
रामेछाप । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् । मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा दाहालले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हो भने । 
 
संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उनको भनाइ थियो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले अन्य जिल्लामा जस्तै रामेछापमा पनि भूकम्पपीडितको नाम छुटेको र छुट भएकालाई पुनः नाम दर्ता गराउनका लागि पहल गर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ