काठमाडौं । नेपाली सेनाको छाउनीस्थित हवाई सुरक्षा निर्देशनालय अन्तर्गतका फौजले जल्लाको भिमानस्थित आर्टिलरी फायरिङ्ग रेञ्ज ईलाकामा गरिरहेको अभ्यास हवाई प्रतिरक्षा एक फिल्ड फायरिङ्गको प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले निरीक्षण गरेका छन् ।
नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै सकदलर्जाको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित सो फायरिङ्ग अभ्यास निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले सकलदर्जालाई सम्बोधन समेत गरे । निरीक्षण अवसरमा बलाध्यक्ष एवं रथी पूर्णचन्द्र थापा लगायत अन्य रथीहरु समेथ सहभागि थिए ।
फायरिङ्ग निरीक्षण पश्चात् प्रधान सेनापति क्षत्री चितवन राष्ट्रिय निकुञ्जले गरेको दुई बर्षे शून्य चोरी शिकारको दुर्लभ उपलब्धी मनाउने कार्यक्रममा सहभागी भए । सोही अवसरमा वहांले वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि संचालन गर्न चितवन राष्ट्रिय निकुञ्जमा स्थापित ूसंयुक्त संरक्षण कारवाही कक्षू को उद्घाटन गरे ।
प्रधान सेनापति क्षत्रीले वन्यजन्तु पीडित निकुञ्ज कर्मचारी तथा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका सन्तानहरुलाई छात्रबृत्ति वितरण गरे । क्षत्रीले चौथो पटक र निरन्तर रुपमा दुई बर्ष शुन्य चोरी शिकारको दुर्लभ उपलब्धी मनाउन आयोजित कार्यक्रममा सरिक हुन पाएकोमा गौरवान्वित भएको बताउँदै प्रकृति संरक्षणमा विशेष योगदान गर्ने सम्पूर्णलाई बधाई दिए ।
संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनालाई प्रविधियुक्त गर्दै लगिने र नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जद्वारा स्थापित ूसंयुक्त संरक्षण कारवाही कक्षू वन तथा वन्यजन्तु संरक्षणका लागि प्रभावकारी गतिविधि संचालन गर्न ज्यादै प्रभावकारी हुने उनको भनाई छ ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, नेपाली सेनाका बलाध्यक्ष तथा अन्य रथीबृन्दहरु, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक, चितवन जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका उच्चपदस्थ पदाधिकारीहरु, अन्य सरोकारवालाहरु लगायत स्थानीय वुद्धिजिवि र संरक्षणकर्मीको उपस्थिती थियो । प्रधानसेनापति क्षेत्री आइतबार बेलुकी चितवनस्थित श्री श्रीजंग गणको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुने र सोमबार सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमणपछि काठमाडौं फर्किने कार्यक्रम छ ।