एसबीआई बैंकद्धारा परोपकार तथा अनुसन्धान केन्द्रलाई उपकरण प्रदान
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
523
Shares
बिर्तामोड। नेपाल एसीबीआई बैंकले श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ।बैंकको बिर्तामोड शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्थित केन्द्रलाई आवश्यक उपकरणहरु प्रदान गरेको हो। २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धालाई आश्रय दिएको छ।
उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु हस्तान्तरण गरे।
समारोहमा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिति रहेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।