धनकुटाको दुर्गम गाउँलाई सूर्यवहादुर थापा प्रष्ठिानद्धारा एम्बुलेन्स प्रदान
प्रकाशित २०७७ मंसिर २० शनिबार
458
Shares
धनकुटा। धनकुटाको अत्यन्तै दुर्गम तथा विकट सहिदभूमी गाउँपालिकाको वडा नं १ लाई सूर्यबहादुर थापा प्रतिष्ठानले एम्बुलेन्स प्रदान गरेको छ। भारत सरकारले सूर्यबहादुर थापा प्रतिष्ठानलाई उपलब्ध गराएको एम्बुलेन्स नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाको सहिदभूमी गाउपालिकाको वडा नं. १ लाई प्रदान गरेका हुन्।
प्रतिष्ठानका अध्यक्ष थापाले एम्बुलेन्सको साँचो सो वडाका वडाध्यक्ष एवं नेपाली कांग्रेसका यूवा नेता अशोक राईलाई प्रदान गरेका थिए। धनकुटाको दुर्गम क्षेत्रका नागरिकहरुको सुविधाको लागी एम्बुलेन्स उपयोगी हुने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठ, सामाजिक व्यक्तित्व राजेन्द्र वहादुर प्रधान, नेपाली कांग्रेसका महासमिति सदस्य अजित नारायण सिंह थापा, जिल्ला सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व सभापति हरी अधिकारी, लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रिय सदस्य तथा महाधिवेशन प्रतिनिधि उदय लिम्बु, सम्पर्क समितिका सभापति भिम वहादुर थापा, धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, युवा समाजसेवी जयन्द्र प्रधान, गोपिलाल थापा,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका देवी धमला, धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य रिदम श्रेष्ठ, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य ममता राई, धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुण कटुवाल लगायत सहभागी थिए।
सोही अवसरमा प्रकाश थापा स्मृती प्रतिष्ठानलाई सूर्यबहादुर थापा प्रतिष्ठानले कम्प्यूटर प्रदान गरेको थियो।