arrow

हाम्रो भूगोल यसरी हुँदैछ संकुचित

अबको विश्वका ‘मेगा रिजन’

logo
कार्स्टन राइज,
प्रकाशित २०७७ मंसिर २० शनिबार
mega-region-diplomacy.jpg

काठमाडौं। अन्तरिक्षमा घुमीरहेको यो गोलो धरतीमा मानिसहरुले कल्पना गरेभन्दा पनि निकै अगाडि पुगिसकेको छ। भविष्यको भूराजनीतिक विश्वलाई अहिले हामीले यसरी कल्पना गरौंः

अफ्रिकन युनियन— २०३५ सम्म विश्वको सबैभन्दा ठूलो महाद्धीपीय स्वतन्त्र—व्यापार क्षेत्र बन्ने दक्षिण अफ्रिका जहाँको जनसंख्या १.८ अर्ब छ।
युरोपियन युनियन (डि—फेक्टो र युरोपियन स्वतन्त्र व्यापार क्षेत्र)— विश्व मानचित्रमा सानो, तर हालको तुलनामा स्वतन्त्र, धेरै धनी र शिक्षीत क्षेत्र।
उत्तर अमेरिका — केन्द्रिय शक्ति तर, अहिलेको तुलनामा कमजोर संयुक्तराज्य अमेरिका।
दक्षिण अमेरिका — एक पटक फेरि बढ्दो मर्कोसुरमा केन्द्रित क्षेत्र।
चीन — विकासशिल उत्तर र दक्षिणपूर्वी एसियाको केन्द्र।
भारत — विकासशिल

यसबाहेक, युराशियन व्यापार आयोग (ईएईयु) र रुस एक काल्पनिक युराशियन मेगा क्षेत्र जसको विस्तार टर्की, इरान एवं पाकिस्तान, अफगानिस्तान, सिरिया र इराकसँग भएर भविष्यको विश्वको एक नयाँ मेगा क्षेत्र बन्ने छ। यस्तो मेगा क्षेत्रमा अर्थव्यवस्था अर्थात मुद्रा, संस्कृति, पूर्वाधार, उर्जा, वातावरण र माथिको सबै राजनीतिक प्रशासन एवं सुरक्षा व्यवस्था एकिकृत हुनेछ।

अहिलेको तुलनामा भोलिको विश्वमा निकै विकासित मेगा क्षेत्र बने भने, कसैले अमेरिका घुस्ने कोसिस गर्ला र ? यी मेगा क्षेत्रमा अमेरिकाले आफ्नो कुनै किसिमको पनि नियन्त्रण पाउँने छैन्। बरु अमेरिकाले यी क्षेत्रसँगको सहकार्यका लागि नयाँ भुमिकाहरु बनाउँनु पर्नेछ। यस्तो अवस्थामा अंग्रेजहरुका लागि नयाँ विश्वमा कम ठाउँ हुनसक्छ। आफैमा कमजोर शिथिल हुँदै गएको बेलायतमात्रै एकअंग्रेज केन्द्र बन्ने छ।

बेलायत आफैमा स्वतन्त्र र आत्मनिर्भर हुनका लागि अमेरिका जस्तो शक्तिशाली छैन्। बढ्दो चिनियाँ शक्तिकाबीच बेलायतलाई झनै कठिनाई हुनेछ, र यसोहुँदा अंग्रेज विश्व साँघुरो हुँदै जानेछ। तर, यी मेगा क्षेत्रहरु व्यापारका लागि एक अर्कामा निर्भर रहनेछन्। अन्यथा यीनीहरुले सोभियत संघ र माआको चीनको भाग्य भोग्नेछन्।

बेलायत ठूला खुला व्यापारिक बजारहरुको पहुँचमा निर्भर गर्दछ। ग्रिनल्याण्डजस्ता मुलुकहरुले बेलायत बाहिरै पनि राम्रो बजार पाउँन सक्छन्, तर बेलायतका लागि भने अन्यमुलुकहरु महत्वपूर्ण रहने छन्।

मेगा क्षेत्रको यस्तो विश्वमा के रुसीहरुले अहिलेको अंग्रेजीहरु जस्तो हार महशुस गरेर रहन सक्लान ? अथवा रुस मेगा रिजनको एक अग्रणी नेता बन्न चाहला ? पक्कै पनि, रुसले पाकिस्तान, टर्की र इरानसँग मिलेर सोभियत युनियनको भन्दा बढी प्रभुत्व पार्नेछ। रुसले विगत जस्तै बाहिरी क्लबहरुलाई मिलाएर आफ्नो आन्तरिक विकास गरिरहने छ। जर्मन र फ्रेन्चहरुले साझेदारीको शक्ति थाहा पाएका छन्। जसका लागि उनीहरुले इरान, पाकिस्तान, र ईयुलाई पार्टनर बनाउँनेछन्।

रुस पनि यो क्लबबाट बाहिरिने छैन्, बरु उसले नयाँ तरिकाबाट आफ्नो विकास गर्नेछ। दक्षिण अमेकिाले पनि आफुलाई एकिकृत र स्वतन्त्ररुपमा अघि बढाउँने छ। अहिलेको अफ्रिकी एकता झैं दक्षिण अमेरिकामा पनि यसै किसिमको विकास हुनसक्छ। मर्कोसुरको आफ्नो संसदले सो क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्नेछ।

विश्वको नयाँ नक्सा
नयाँ विश्वको मामिलामा सभ्याता, संस्कृति, क्षेत्र र धार्मीक समुहहरु सीमाक्षेत्रमा एकिकृत रुपमा बढ्ने छन्। अर्थात नयाँ मेगा क्षेत्रहरुमा एकै किसिमको धार्मीक र अन्य वाहुल्यता रहनेछ।

युरासियन इकोनोमिक युनियन (ईएईयु) यर्थाथमा एक क्षेत्रीय राजनीतिक प्रशासन हो जसले थप एकिकराकणको उद्देश्य रोखेको छ। माथिको नक्सामा उत्तर अमेरिकी निशुल्क व्यापार सम्झौता (नर्थ अमेरिकन फ्रि टे्रड एरिया नाफ्टा) लाई मेगा क्षेत्रमा राखिएको छैन्। किनकी अमेरिकाले क्यानडा र मेक्सिकोलाई महाद्धीपिय शासनबाट टाँढा धकेल्दै लगेको छ।

यो क्षेत्रका लागि नाफ्टाको कुनै संसद पनि छैन्। यसबाहेक अमेरिकाले विस्तारै आफ्नो दुई ठूला छिमेकीमाथिको नियन्त्रण पनि गुमाउँदै गएको छ। यस्तै एसियन (एसोसिएसन-आफ साउथइस्ट एसियन नेशन), ( दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन) पनि भविष्यको चिनियाँ प्रभुत्वको क्षेत्र बन्ने सम्भावना प्रवल छ। यो संगठनले युरोपियन युनियन, अफ्रिकन युनियन, युराशियन इकोनोमकि युनियन र मर्कोसुर जस्तो बलियो राजनीतिक सक्रियता देखाएको छैन्।

नक्सामा पूर्वी एसियालाई हेर्दा भविष्यमा अमेरिकी प्रभाव घट्दै जाँदा जसरी ताइवानमा अमेरिकी प्रभाव बढ्दै छ, यसरी नै यो क्षेत्रमा चिनियाँ प्रभाव बढ्ने छ। त्यतिबेला एसियन मुलुकहरुले ईयु र अफ्रिकन युनियन जस्तै रणनीति अघि सार्नुपर्नेछ।

युराशियन इकोनोमिक युनियनमा अहिले ५ वटा मुलुक मात्रै रहेको अवस्थामा १.७ ट्रिलियन जीडीपी रहेको छ। युरोपियन युनियन र चीनको तुलनामा यो करिब १३ प्रतिशत मात्रै हो। अझैंभन्नु पर्दा ईएईयुको जीडीपी अहिले भारतको दुईतिहाइ मात्रै हो।

निकट भविष्यमा यसको विस्तार १५ मुलुकमा भयो भने, ईएईयु एक ग्लोबल इकोनोमिक लिडर बन्न सक्छ। १५ देशको विस्तार भएसँगे ईएईयुको जीडीपी भारतको भन्दा झण्डै आधाले बढी हुनेछ।

राजनीतिक रुपमा भौगोलिक रणनीतिक नियन्त्रणको साथ विस्तारित ईएईयुका मानवीय र प्राकृतिक स्रोतहरुको आथिर्क तथ्यांक पनि जोड्ने हो भने ईएईयुको अर्थतन्त्र अझैं धेरै हुनसक्छ।

मेगा क्षेत्रबाट मेगा शासन
यसरी मुलुकहरुको एकिकृत क्षेत्र बन्नु एक किसिमको कर्पोरेट व्यापार जस्तै छ। विश्व प्रतिश्पर्धामा ठूलो जनशक्ति हात पार्नका लागि केही राज्य बाहेक अरु राज्य र देशहरु मर्ज हुनेछन्। यी मेगा क्षेत्रका पार्टनरहरु एकै किसिमको साझा शासनका लागि एकै प्रवृति भएका हुनेछन्। जस्तै की अफ्रिकन युनियन यसको एक उदाहरण हो।

यसबाहेक ध्यान दिइनु पर्ने कुरा के छ भने, मेगा रिजनहरु आफैमा पूर्ण भने हुने छैनन्। अर्थात की प्रत्येग मेगा रिजनले अर्कोसँग सफलतापूर्ण सम्बन्ध व्यवस्थापन गरिराख्नु पर्नेछ। यसको मतलब, मेगा रिजन ईयु, एयु, ईएईयु चीन र भारतबीच पनि सौहार्दपूर्ण सम्बन्ध हुनुपर्नेछ।

त्यस्तै, जसरी अहिले टर्की युरोपियन युनियन भन्सार युनियनको सदस्य छ, त्यसरी नै बेलारुस पनि यसको सदस्य हुने नै छ। यसअघि टर्की र युक्रेनले ईयुको सदस्य भएर जसरी आनन्दता लिएका छन्, त्यसरी नै बेलारुसले पनि फाइदा लिने छ। बेलारुस, युक्रेन र टर्कीकोमाध्यमबाट भविष्यमा ईयु र ईएईयुबीतको सहकार्यमा सहजता हुनेछ। समृद्धीका लागि युरासियन इकोनोमिक युनियन र अफ्रिकन युनियनले युरोपियन युनियनसँग फ्रि व्यापार क्षेत्रका रुपमा विस्तार हुनुपर्नेछ।

खासमा ईयु, एयु र ईएईयु एक फ्रि ट्रेड एरिया हुनेछ। ईयुको चासोको क्षेत्र एयु र ईएईयु हुँनुको कारणले पनि ईयुले आफ्नो व्यापारीक सम्बन्ध खुला गर्नेछ। अफ्रिकन युनियनले करिब ३ करोड वर्गकिलोमिटर क्षेत्र ओगट्छ, सोभियत युनियनको २.३ करोड वर्गकिलोमिटर मात्रै रहेको थियो।

अफ्रिकन युनियनको जनसंख्या अहिले नै करिब साढे १ अर्ब रहेको छ। विस्तारित ईएईयु २.६ करोड वर्गकिलोमिटर क्षेत्रफलका साथै करिब ७० करोड जनसंख्या भएको क्षेत्र हुनेछ। जबकी ईयु ४० लाख वर्ग किलोमिटर र करिब ४५ करोड जनसंख्या भएको क्षेत्र मात्रै हो। ईयुले यसभन्दा बढी भौगोलिक क्षेत्रको प्रशासन आफैले नियन्त्रण गर्न सक्दैन। ब्रेक्सिट अराजकता, पश्चिम बाल्कन्स, बेलारुस, युक्रेनको सदस्यताले ईयु उसै आलोचित बन्दै गएको छ।

अर्को कदम
युनाइटेड अफ्रिकामाथि ईयुको रणनीतिक चासो छ। त्यस्तै चासो ईएईयुमाथि पनि ईयुले राख्छ। यसबाट ईयुले दुवै मेगा क्षेत्रलाई आफुसँगै लगेर शान्ति र समृद्धीको मार्गमा अिघ बढ्न सक्छ। ईयुले यति मात्रै हैन्, चीन र भारतसँग एवं मध्यपूर्व र अफ्रिकासँगको सहकार्यमा ठूलो उपलब्धि हासिल पार्न सक्छ। अफ्रिकाले अहिले समृद्धी र द्रुत विकास चाहेको छ। जसका लागि ईयुले हात दिन सक्छ। ईयु र ईएईयुको फ्रि ट्रेड सहकार्यले अफ्रिकालाई पनि नयाँ दिशमा लैजाने ठूलो सहयोग प्रदान गर्नेछ।

निकै जटि अवस्थाबाट अघि बढिरहेको मध्य एसिया र मध्यपूर्वमा आफुलाई कसरी अगाडि लैजाने भन्ने कुरा रुसले सिकिसकेको छ। ईयु आफु एक्लै मध्यपूर्व र मध्यएसिया जान खोजे यसमा सफल हुने छैन्। यसबाहेक अजरबैजान र अर्मेनियाबीचको युद्धले पनि ईएईयु मेगा क्षेत्रको आवश्यक्तालाई प्रष्ट्याएको छ। यसको पहल रुस र टर्कीले गर्न सक्छन्।

पृथ्वी निकै नै संकुचित हुँदै गएको छ। ईयुले आफ्ना मेगा छिमेकीहरुमाथि नजर नलगाएरै बस्न सक्दैन्। अफ्रिका, रुस, मध्य एसिया, टर्की, इरान, पाकिस्तान र मध्यपूर्व ईयुका चासोका विषय हुन्।

ईयुसँग आफ्ना मेगा छिमेकीहरुलाई फिक्स गर्ने आवश्यक क्षमता छैन्। ईयुले शक्तिमा आउँन चाहने र सक्ने छिमेकीहरुलाई सहयोग गर्न सक्छ। ती सहयोगी अफ्रिकन युनियन, रुस, मध्यपूर्वी एसियन मुलुकहरु, टर्की, इरान र अन्य सहभागि सबैलाई ईयुले साथ दिन सक्छ। मोडर्न डिप्लोमेसीबाट साभार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ