arrow

‘नेपालमा हिन्दु राष्ट्र सम्भव छ, भारतले चाहेर राजा आउँदैन’

हिन्दु धर्म समावेशी र समानुपातिक व्यवस्थाको बाधक होइन

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
dilnath-giri-news.jpg.jpeg
काठमाडौं । लामो राजनीतिक अस्थिरता साम्य हुन नसकिरहेका बेला  संविधान कार्यान्वयनका चुनौतीहरु थपिंदै गएका छन् । शीर्ष केही दलले संविधान कार्यान्वयनको चरणमा गइसकेको बताएपनि सत्तामा रहेका र बाहिर रहेका केही दलहरुले अझै संविधानका महत्वपूर्ण  व्यवस्था जनहितमा नरहेको आवाज उठाइरहेका छन् । 
 
संविधान जारी प्रक्रिया र त्यसका व्यवस्थाबारे खरो असन्तुष्टि राख्ने मधेसी र जनजाती मात्रै नभई सत्तामा रहेका र संविधान निर्माण प्रक्रियामा सहभागि दल समेत संविधानका केही मूख्य व्यवस्था फेर्नु पर्ने पक्षमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल वर्तमान व्यवस्थापिका संसदको चौथो ठूलो दल हो । यद्यपि, उसले आफुले उठाउँदै आएको एजेण्डा स्थापित गरेरै छाड्ने र यही संविधानबाट आफ्ना मुद्दा स्थापित गर्ने अडान राखेको छ । 
 
सोमबार मात्रै राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरेर हिन्दु राज्य स्थापना गराउने आफ्नो पार्टीको लक्ष्य रहेको बताए । झापाको बिर्तामोडमा आयोजित ‘हिन्दूत्व जागरण सभा’लाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधानका प्रावधान परिवर्तन गर्न संविधान बाधक छैन, हामी यही संविधान प्रयोग गरेरै हिन्दू राज्य ल्याउँछौँ भनेका थिए ।  
 
सोही सन्दर्भमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समेत हिन्दु राष्ट्र अत्यन्तै सम्भव रहेको बताउँछन् । नेपाललाई हिन्दु राष्ट्र कायम  गर्ने मूल आधार जनताको विश्वास मत रहेको भन्दै गिरीले हाम्राकुरासंग भने, ‘अत्यन्तै सम्भावना छ । ९४ प्रतिशत हिन्दु छन् । धर्म निरपेक्षता उनीहरुको चाहाना होइन । ९४ प्रतिशत हिन्दुले चाहे हिन्दु राष्ट्र सजिलै स्थापित हुन्छ ।’ त्यसमा कुनै शंका छैन । 
 
संविधान जारी गर्दा हस्ताक्षर गर्नु भो, अव यो व्यवस्था मान्दिन भन्दा विरोध भएन र ? 
जवाफमा गिरीले भने, ‘हामीले उठाएका तीन एजेण्डालाई लिएर विपक्षमा मतदान गरेको कुरा पनि त सम्झिनु पर्‍याे नी ! ।’ हामीले संवैधानिक राजतन्त्र, स्थानीय स्वायत्तशासन र हिन्दु राष्ट्रको विपक्षमा मतदान गरेका थियौं । पछि हामीले हार्‍‍र्यौं । हार स्वीकार गरेर संविधानमा आलोचनात्मक समर्थन गर्‍र्यौं । 
 
तर्क गर्दै गिरीले भने, ‘कि त प्रजातन्त्रमा भाग लिनु भएन, लिएपछि हार पनि स्वीकार्नु पर्छ ।’ आफुहरुले हातहतियार उठाएर, मुलुकलाई अस्तव्यस्त बनाएर नभई प्रजातान्त्रिक रुपमा एजेण्डा स्थापित गर्ने गिरीले ठोकुवा गरे । उनले भने, ‘यो प्रजातान्त्रिक पद्दती होइन, जनताको मनोभावना र मत नलिएर जारी व्यवस्था कसरी सर्वोपरी हुन्छ । जनमत संग्रह गर्ने हैसियत राख्नु पर्‍याे ।’ 
 
जनमत संग्रहमा जानु नै थियो भने, दुई पटक संविधान सभा निर्वाचन किन गर्‍या त ? 
२०६२– ०६३ को जनआन्दोलनको एजेण्डा नभएको बताउँदै गिरीले भनेका छन्, ‘जनआन्दोलनको विषय नै नरहेको धर्मनिरपेक्षता पछि विदेशीको सहयोगमा जनतालाई धोका दिन जबरजस्ती लादियो । धोकाबाट लादेको व्यवस्था ९४ प्रतिशत हिन्दुलाई मान्य हुनै सक्दैन । 
 
हिजो राजाले बनाएको मुलुकलाई अस्थिर बनाएर हामी जनतालाई धोका दिइरहेका छौं, जनमत संग्रह भए हामी पराजित हुन्छौ र हाम्रो हाली मुहाली चल्दैन भन्ने विशाल भय ठूला शक्तिहरुलाई छ ।’ जसकारण संविधान सभाको नाउमा विभिन्न जालझेल र चलखेल भए । संविधान सभाको निर्वाचनकै लागि इयुले विभिन्न संघ संस्थालाई ठूलो पापड पेल्न लगायो ।
 
जसकै कारण अहिले विभिन्न समयमा संविधानमा यो भएन त्यो भएन वक्तव्य आइरहेको छ । विदेशीले सहयोग गरेको निर्वाचनमा सहभागि हुने फेरि विरोध गर्ने ? जवाफमा उनले भने, ‘प्रजातन्त्र पक्षधरले निर्वाचन कसरी बहिस्कार गर्न सक्छ ? ।’
     
सरकारमै रहेर खरो विरोध गरीरहनु भा छ,  सरकारबाट बाहिने संकेत हो ? 
गिरीले आफुहरु केपी शर्मा ओलीको स्वार्थमा वा अवसरको लागि सरकारमा नगएको भन्दै आफुहरुको एजेण्डा ठिक भएकैले सरकारमा बोलाइएको हो–भने । बहुमत कसैको छैन सबैले मिलेर जानुपर्छ भन्ने जनताको म्याण्डेड हो । 
 
उनले भने, ‘सरकारबाट बाहिरिने कुरा गरेकै छैनौं । सरकारमै हुँदा पनि हामीले विभिन्न जागरण कार्यक्रम चलायौं । अहिले पनि हामी हिन्दु राष्ट्रका लागि सकारमै रहेर पनि लागिरहेकै छौं । त्यसै कुरा गर्नु हुन्छ भने हामीले यति सम्म पनि भनेका थियौं, तीन ठूला दलले सरकार चलाउन्, हामी जिम्मेवार प्रतिपक्षी हुन्छौं समेत भनेका थियौं ।’ अहिलेको सरकारलाई अस्थिर बनाएर बाहिरिनु भनेको जनतालाई धोका दिनु रहेको गिरीको भनाई छ । 
 
लोकतान्त्रिक पद्दतिबाट ९० प्रतिशत बढी जनप्रतिनिधिले हस्ताक्षर गरको संविधान विश्वकै उत्कृष्ठ भनेर अरुले भनिरा छन्, अब कसरी फेर्ने  हिन्दु राष्ट्र ?
नेपाली जनताको आस्थालाई सम्मान गर्ने हो भने र धर्मनिरपेक्षता नेपाली जनताको एजेण्डा हो भने जनमत संग्रह गर्न तयार हुनु पर्ने तर्क गर्दै गिरीले यो विदेशीको एजेण्डा हो–भने । नेपाली जनतालाई कमजोर बनाई ठूलाले रबाब जमाउने व्यवस्था हो, गिरीले भने, ‘१ प्रतिशत समेत नपुग्ने धर्मनिरपेक्ष पक्षधरहरु विदेशीको इसारामा चलिरहेका छन् । ठूलो चलखेल भएको छ ।’ जनताको अभिमत नलिई कसरी प्रजातान्त्रिक संविधान जारी भएको मान्ने ? गिरीले प्रतिप्रश्न गर्दै थपे, ‘राजनीतिक निर्वाचन प्रणाली विवादित छ । 
 
जनमत संग्रह हुनु पर्छ । प्रजातन्त्रमा जनता भन्दो ठूलो शक्ति अरु हुन सक्दैन ।’ संविधान घोषणा गरेर मात्रै हुन्छ । सिंमाङ्कनको विषय मिलेको छैन । आफ्नै मुलुक भित्र र छिमेकीबाट तीब्र असन्तुष्टी छ । त्यसैले संविधानमा संशोधनका धेरै ठाउँ छन् । उनले भने, ‘हामी दुई तिहाई बहुमतका आधारमा संविधानको व्यवस्था परिवर्तन गर्न सक्छौं । ९४ प्रतिशत हिन्दुले हामीलाई साथ दिन्छन् ।’ प्रजातान्त्रिक पद्दतिबाटै हिन्दु राज्य कायम गर्न सक्ने प्रशस्त बाटो छ । 
 
एक थरीले हिन्दु राज्य भन्ने, अर्को थरीले समानुपाति समावेशीता र धर्मनिरपेक्षताको कुरा गर्ने अनि कसरी मिल्छ कुरा ? 
गिरीले हिन्दु धर्म समानुपातिक समावेशी व्यस्थाको वाधक नहुने बताएका छन् । उनले भने, ‘सवै जात जातीबीच समन्वय र विभिन्न धर्मावलम्बिबीच समन्वय गर्न हिन्दु राष्ट्र उपयुक्त कडी हो ।’ 
 
भारतले चाहेर राजा आउँदैन, नेपाली जनताले चाहे प्रचुर आधार छ 
कोही कसैको आड भरोसामा राजनीतिक दल फस्टाउने र कोही नयाँ शक्ति आउने कुरा सम्भव नरहेको बताए । उनले भने, ‘राजाको हकमा पति त्यही हो । भारतले चाहेर राजा आउँदैन, नेपाली जनताले चाहे राजाको प्रचुर सम्भावना छ ।’ जनचाहानाको कुरो हो । राजाको घुमफिर र भेट नी ? उनले भने, ‘यो घुमफिर र भेट भन्दा पनि जन चाहानाले अर्थ राख्ने हो । घुमफिर र भेटले खासै केही अर्थ राख्दैन । 
 
स्थानीय निकायको निर्वाचनमा बढी बल गरिरहनुको कारण ? 
गिरीले आफुहरुले बल गरेको नभई स्थानीय निर्वाचन प्रजातान्त्रिक आवश्यकता भएको बताए । उनले भनेका छन्, ‘प्रजातन्त्रलाई बलियो बनाउने हो भने स्थानीय निकायको निर्वाचन तत्काल गर्नु पर्छ ।’ जनप्रतिनिधि नभएको शासन प्रजातन्त्र होइन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ