arrow

उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौं । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण स्वीकृत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति पुनको जेठ २८ गतेदेखि असार २ गतेसम्मको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृति प्रदान गरेको हो। 
 
बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ मन्त्रालयमा सरुवा पनि गरेको छ। सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । यसैगरी यसैगरी, स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्टेक्सन समूह अधिकृत ११औँ तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गरेको छ। 
 
यस्तै २०६२-०६३को जनआन्दोलनका घाइते थाइल्याण्डमा उपचारका क्रममा रहेका झापा भद्रपुर निवासी सिन्धु उप्रेतीलाई १६ लाख ५६ हजार दिने निर्णय गरेको छ । उक्त पैसा थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत सरकारले उपलब्ध गराउने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी गराए । यस्तै सम्पत्ति शुद्धीकरण मनी लाउन्ड्रिङ निवारण नियमावली २०७३ लाई छलफल गर्न मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय पनि बैठकले गरेको मन्त्री पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ