- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चाणक्य नीतिको पहिलो अध्यायमा आचार्य चाणक्यले स्त्री, धनसम्पत्तिको बारेमा सुझाव दिएका छन् । उल्लिखित नीतिहरूको अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं।
आपदर्थे धनं रक्षेद्दारान् रक्षेद् धनैरपि।
आत्मानं सततं रक्षेद्दारैरपि धनैरपि ।।७।।
धन बारे चाणक्य नीतिको पहिलो अध्यायको सातौँ र आठौँ श्लोकमा भनिएको छ - आपत्–विपद्का लागि धनको रक्षा गरोस्, धनले स्त्रीको रक्षा गरोस् । स्त्री र धनले सधैँ आफ्नो रक्षा गरोस् । अर्थात् सबैतिरबाट आपत्ति आइलागेको अवस्थामा दुवैको सहायताले आफ्नो रक्षा गरोस् । आपत्–विपद्का लागि धनको रक्षा गरोस् किनकि धनीलाई कहाँबाट आपत्ति आउँछ र ? यदि कुनै दिन लक्ष्मीले बास छोडिन् भने संग्रह गरेर राखिएको धन पनि विनाश भएर जान्छ ।
पाँचौं श्लोकमा आचार्य चाणक्यले स्त्रीको स्वभावको कुरा गरेक छन् । चाणक्यका अनुसार जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमती रुखो बोली र छुच्चो स्वभावकी छे । त्यो घर नभएर जंगल समानै हो । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।
अर्थात दुष्ट स्त्रीलाई पालन, पोषण,भरण गर्नाले बुद्धिमान् श्रीमानले दुःख पाउँदछ भने रुखो बोली र छुच्चो स्वभाव भएकी श्रीमती घरमा भए घर जंगल समान हुन्छ । त्यसैले चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने चाणक्य बताउछन् । यस बिषयमा बिचार नगरि विवाह गरे मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।
चाणक्य नीतिको पहिलो अध्यायको छैठौँ श्लोकमा आचार्य चाणक्य भन्छन्– दुष्ट स्वभाव भएकी आफ्नी स्त्री, मूर्ख मित्र, मालिकसँग मुखमुखै लाग्ने सेवक र सर्प भएको घरमा वास यी सबै मृत्यु समान हुन्छन् । यिनमा कुनै सन्देह छैन ।
वरयेत्कुलजां प्राज्ञो निरूपामपि कन्यकाम्।
रूपवतीं न नीचस्य विवाहः सदृशे कुले ।।१५।।
पन्ध्रौँ श्लोकमा आचार्य चाणक्य भन्छन्– कुरुपा नै किन नहोस् बुद्धिमान् मानिसले राम्रो कुलकी स्त्रीलाई नै रोज्नु पर्दछ । अत्यन्त राम्री भएता पनि नराम्रो कुलकी स्त्री कदापि विवाह नगरोस् । किनकि समान कुलमा मात्र विवाह गर्नु उत्तम मानिन्छ ।
विषबाट भए पनि अमृतलाई, अपवित्र वस्तुहरुबाट भए पनि सूनलाई, नीच मनुष्यहरुबाट भए पनि उत्तम विद्यालाई र यदि दुष्ट कुलबाट भए पनि रत्नरुपी स्त्रीलाई लिनुपर्दछ ।
स्त्रीणां द्विगुण अहारो लज्जा चापि चतुर्गुणा।
साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः ।।१८।।
पुरुषहरुको तुलनामा स्त्रीहरुको भोजन दुईगुना, लाज चारगुना, साहस छ गुना, काम–वासना आठगुना बढी हुन्छ ।