बैंकिङ कसुरमा जयबाबा गोरख कन्स्ट्रक्सनका संचालक श्याम कुमार श्रेष्ठ पक्राउ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १४ मंगलबार
884
Shares
काठमाडौं। बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त जयबाबा गोरख कन्स्ट्रक्सनका संचालक श्याम कुमार श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले श्रेष्ठलाई मंगलवार सितापाइलाबाट पक्राउ गरेको हो ।
पुरानो वानेश्वरस्थित समानान्तर निर्माण सेवाका निरोज कुमार थपलियाको बैंकिङ कसुर सम्बन्धी जाहेरीपछि खटिएको महाशाखाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । महाशाखाको टोलीले पक्राउ गरेलगत्तै उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
नागार्जुन नगरपालिकास्थित सितापाइला सडकखण्डमा आस्फाल पेभिङ काम गरेवापतको एक करोड ३६ लाख १० हजार २८८ रुपैयाँ रकम दिनुपर्नेमा श्रेष्ठले सो बराबरको चेक दिई बैंकिङ कसुर मुद्धामा फरार भएका थिए ।