arrow

चीनको झिनो आशा वामदेबसँग, नेकपा एकताको सुत्रधार हुनसक्ने बुझाई

नेकपाको दुबै गुटले निराश पारेर फर्काइदिए चिनियाँ टोलीलाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १५ बुधबार
bamdev-gautam-ncp.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग उपप्रमुख कुओ यचौको टोलीको चारदिने नेपाल भ्रमण खास उपलब्धीमुलुक हुन सकेन । विभाजनमा पुगेको नेकपालाई जोड्ने उदेश्य लिएर आएको टोलीले नेकपाका नेताहरुसँगको भेटघाटपछि निराश भएर फर्किनु परेको छ । जे अपेक्षा लिएर आएको थियो त्यो अपेक्षा पूरा नभएपछि चिनियाँ टोलीले नेकपाका नेताहरुलाई सकेसम्म एकता कायम राख्न नसके निर्वाचनमा मिलेर जाउ भन्ने सन्देश बाहेक अर्को कुनै शब्द खर्च गरेन । 

आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँगको संवाद नै उनीहरुका लागि पहिलो गाँसमै ढुंगा भएको थियो । राष्ट्रपति भण्डारीसँग चिनियाँ टोलीको भेटघाटमा प्रचण्ड नै दोषी देखाइएको थियो । अधिक कोसिस गर्दा पनि प्रचण्डले पार्टी विभाजन गराइछाडेको र महाधिवेशनपछि एकल अध्यक्ष बनाउने प्रस्तावमा पनि प्रचण्ड सहमत हुन नसकेका कारण उनीहरुले विभाजन रोजेको शैलीमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपतिको अभिभावकीय भूमिकाको मेलो मिलाउदै नेकपा विभाजन हुनुको कारण जान्न चाहेको थियो । ‘महामहिमसँग चिनिया टोलीले नेकपाका नेताहरु विभाजित भएकै हुन कि मिल्नसक्ने केही ठाउँ बाँकी छ तपाईको भूमिका केही हुनसक्छ कि भन्ने आशयको जिज्ञासा राखेको थियो’, राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । त्यसमा आफ्नो भूमिका केही हुन नसक्ने जवाफ दिएपछि सवाघण्टामा चिनिया टोली फर्केर दूतावास पुगेको थियो ।

आइतवार राती नै प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री ओलीको समय मिलेका खबर पाएपछि चिनियाँ टोली वालुवाटार पुगेको थियो । वालुवाटारमा पनि सोही आशयको जिज्ञासा राखेको टोलीलाई प्रधानमन्त्री ओलीले मिल्नसक्ने आधार बाँकी रहेको, आफूले कार्यकारी अधिकार मात्रै हटाएको अध्यक्ष कामयै राखेको बताएका थिए । उनले यो नेकपाकै आन्तरिक मामिला भएकाले आफूहरु नै यसको समाधान गर्न सक्षम रहेको बताएर घुमाउरो भाषामा चिनियाँ टोलीको सो जिज्ञासाप्रति असहमत रहेको जनाउ दिएका थिए । प्रधानमन्त्री ओलीको सो धारणापछि चिनियाँ टोलीले नेपालमा सञ्चालित परियोजना र विकास निर्माणमा चिनियाँहरु सहयोगी रहने बताएका थिए । उनीहरुले भेटघाटकै अन्तिममा निर्वाचनमा चाहि दुवै पक्षहरु मिलेर जाँदा राम्रो होला भन्दै दक्षिणपन्थीहरुले टाउको उठाउन सक्ने भन्दै चिन्ता प्रकट गरेका थिए ।

परराष्ट्र सल्लाहकारसहित बसेका प्रधानमन्त्री ओलीले चिनियाँहरुलाई पार्टी विभाजन नभइसकेको र पार्टीभित्रको झगडा आन्तरिक भएकाले केही साथीहरु बाहिरिनु भएको भन्दै टारेका थिए । आइतबारको भेटघाट फलदायी नभएपछि यचौको टोलीले सोमबार प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई भेटघाट गरेको थियो । त्यतिबेला उनीहरुले एकै साथ बस्न नसक्ने भए मिलर निर्वाचनमा जान सि जिनफिङको सन्देश रहेको सुनाएका थिए । उनीहरुले प्रचण्ड, माधव र झलनाथलाई सकेसम्म मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

प्रतिनिधिसभा विघटनलगत्तै चिनियाँ राजदूत र होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनालसम्मलाई भेट गरेर यचौको टोली आउन जानकारी दिएकी थिइन । तर प्रधानमन्त्री ओलीले भने त्यसबेला राजदूत यान्छीलाई भेट दिएका थिएनन् । प्रधानमन्त्री ओलीले राजूदत यान्छीलाई भेट नदिदा उनी चिनियासँग टाढिएको सहजै अनुमान हुन्थ्यो । यचौको टोलीलाई प्रधानमन्त्री ओलीले राती मात्रै समय दिएका थिए । उनले सोमबारको लागि भन्दै भेटलाई पछि धकेल्न खोजेको भएपनि प्रधानमन्त्री ओलीले आइतबार नै राती बोलाएर उनीहरुको भ्रमणको उद्धेश्य बुझेका थिए ।

परराष्ट्र मन्त्रालय समेत यो भ्रमणबारे औपचारिक रुपमा बेखबर रहेका बेला ओलीले चिनियाँ टोलीलाई प्रचण्डले बोलाएको आशंका गरेका थिए । तर यचौको टोली भने नेकपालाई जोड्नका लागि कुनै रसायन काम लाग्छ भन्ने खोजीमा थियो । प्रधानमन्त्री ओलीले भारतीय रअ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणेदेखि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई सहजै भेट दिएको विषयमा चिनियाँहरु जानकार नै रहेका थिए । चिनियाँहरु भारतीयहरुको नेपाल भ्रमणबारे जानकार रहेका कारण पनि ओलीले चिनियाँ टोलीलाई सिधै अस्वीकार गर्न वा ढिलाई गर्न असहज भएको थियो । आइतबार राती ओलीसँग भेटघाटपछि उनीहरुको सोमबार विहानको भेट प्रचण्ड र दिउँसो माधव नेपाल तथा झलनाथ खनालसँगको भए पनि फलदायी भएन । नेकपाका नेताहरुले यचौ टोलीसँग पार्टी विभाजनबारे एकले अर्को समूह दोषी रहेको देखाएर पन्छिएका थिए । मंगलबार उनीहरुले वामदेव गौतमसँग पनि भेटघाट गरे । गौतम एकताको सूत्रधार बन्न सक्ने उनीहरुको अपेक्षा भने कायमै रहेको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ