arrow

ज्याक माको कम्पनी 'अलिबाबा' राष्ट्रियकरण गर्ने तयारीमा चीन सरकार !

नेपालको 'दराज' पनि प्रभावित हुनसक्ने

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
Xi-jackMa.jpg

काठमाडौं । शताब्दिकै प्रभावशाली उद्यमीका रुपमा मानिने चिनियाँ अर्बपती ज्याक मा विगत दुई महिनादेखि सम्पर्क विहिन भएको बताइएको छ । गत अक्टोबरमा माले चिनियाँ वित्तिय व्यवस्था सुधार गर्नुपर्ने टिप्पणी गरेका थिए। राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त्यतिबेलादेखि मालाई महत्वपूर्ण निगरानीमा राखेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीमा रहेका ज्याक मा दुई महिनादेखि सम्पर्क विहिन
यस्तोमा, सीसीपीले ज्याकमाको अनइलान किनमेल कम्पनी 'अलिबाबा’ र अनलाइन भुक्तानी सम्बन्धी कम्पनी 'आन्ट ग्रुप’लाई राष्ट्रियकरण गर्न खोजेको बताइएको छ ।

उसोत, ज्याक माले अक्टोबरमै 'सरकारलाई चाहिएमा आफ्नो कम्पनीको जुनसुकै हिस्सा पनि दिन आफु तयार’ भएको बताएका थिए ।

चीनलाई नयाँ आविष्कार एवं अन्वेषणमा खर्च नगरेर प्रविधि चोरी गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यस्तै विषयमा माले गत अक्टोबर २४ मा संघाइमा एक सम्मेलनमा बोल्दै, 'चिनियाँ वित्तिय प्रणालीले जोखिम उठाउँन सिक्नुपर्छ, जोखिम नउठाउनु भनेको आविष्कारको हत्या गर्नु हो’ लगायतका कुराहरु उठाएका थिए ।

ज्याक मा उक्त सम्मेलनमा सहभागि भएपछि हालसम्म सार्वजनीक स्थानमा देखिएका छैनन् । चीनले आफ्नो व्यवस्थाविरुद्ध बोल्ने एवं काम गर्ने आफ्नै नागरिकहरलाई अपहरण गर्ने गरेको आरोप लाग्दै आएको छ ।

चीनको वुहानमा कोरोनाको रिपोर्टिङ गर्ने पत्रकारलाई चार वर्ष जेल
अक्टोबर २४ को घटनापछि माको कम्पनी आन्ट ग्रुपलाई चिनियाँ अधिकारीहरुले ३७ अर्ब अमेरिकी डलरको सेयर जारी गर्न र शेयर बजारमा सुचिकृत हुन रोक लगाएका थिए ।

सेयर बजारमा सुचिकृत हुनेमध्ये विश्वको अहिलेसम्मकै ठूलो कम्पनी हुन लागेको आन्ट ग्रुपलाई चिनियाँ नियामका अधिकारीहरुले रोक लगाएका थिए । यो घटनापछि आन्ट ग्रुप निरन्तर रुपमा घाटामा गएको छ ।

यसपछि चीनको सबैभन्दा ठूलो अनलाइन किनमेल कम्पनी अलिबाबा (जुन नेपालको दराजको अभिभावक कम्पनी हो)लाई समेत एकाधिकारवादी गतिविधिमा संलग्न भएको भन्दै चिनियाँ अधिकारीहरुले छानबिनको दायरमा लिएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको यी कदम माको आन्ट ग्रुप र अलिबाबालाई राष्ट्रियकरण गर्ने चाल भएको विभिन्न स्रोतहरुले  बताएका छन् ।

इन्टरनेट उद्योगका जानकार संङ्ग क्वैंगले यो अलिबाबालाई राष्ट्रियकरण गर्ने संकेत भएको बताएका छन् । रेडियो फ्रिएसियासँग बोल्दै क्वैंगले यो छानबिनको प्रकृया उच्च स्तरबाट आउँने र यसको परिणाम ठूलो आउने देखिएको बताएका छन् ।’

पिपुल्स बैंक अफ चाइना, चिनियाँ बैंकिंग नियामक आयोग, चीन धितो नियामक आयोग र विदेशी विनिमयको राज्य प्रशासनलगायतले समेत अलिबाबामाथि छानबिन गर्ने बताइएको छ ।

वास्तवमा, चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं राष्ट्रपति सी चिनफिङले गत अक्टोबरमा, ‘चिनियाँ अर्थतन्त्रलाई घरेलु मागको आधारमा बढी राज्य नियन्त्रित बनाउँने’ योजना रहेको बताएका थिए ।

चीनको राजनीतिक अर्थव्यवस्थामा ठूलो परिवतर्न आउँनसक्ने पर्यवेक्षकहरु बताउँछन् । सि ले चीनमा सम्पती स्वामित्वको प्रकृयालाई बदल्न सक्ने समेत बताएका छन् ।

यसअर्थमा के देखिन्छ भने, चीनले कुनै पनि कम्पनी एवं व्यापारीहरुलाई सरकारको नियन्त्रणमा राख्ने सम्भावना छ।

पछिल्ला २ महिनाभन्दा बढी समयसम्म ज्याक मा सार्वजनीक स्थानमा देखिएका पनि छैनन् । ज्याक मा सम्पर्कमा नहुँनु पनि चिनियाँ सीसीपीसँग सम्बन्धित परिघटना हुनसक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आंकलन छ ।

चिनियाँ यो कमदले कम्युनिस्ट शासित मूलुकमा स्वतन्त्र उद्यमी बनेर अघि बढ्नका लागि सरकारी चुनौतीको सामना गर्नुपर्ने कुराको संकेत गरेको देखिन्छ । (एजेन्सीहरुको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ