arrow

संसद विघटनमा चुपचाप नेम्बाङ 

ओलीको डरले नफुटेको नेम्बाङको बोली, इमानमा समेत गरे सम्झौता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
Subash-chandra-negmang.png

काठमाडौं । संसद विघटनपछि संविधानमा भएका व्यवस्थाबारे विभिन्न कोणबाट ब्याख्या भइरहेको छ । यसकै कारण सत्तारुढ पार्टी नेकपा छिन्नभिन्नको अवस्थामा छ ।

नेताहरु संसद विघटनको पक्ष र विपक्षमा छन् । बहुसंख्यक नेताहरु संसद विघटनविरुद्ध सडकमै उत्रिसकेका छन् । कानून व्यवसायी र संविधानविदहरु विभक्त देखिए पनि अधिकांश संसद विघटनको विरुद्धमै बोल्दै आएका छन् । 

संसद विघटनपछि आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई सुरक्षित अवतरण गराउन सक्दो बल प्रयोग गरिरहेका छन् । सारोगारोमा साथ दिंदै आएका उनका सहयोगी तथा नेताहरु विघटन भएको संसदलाई पुर्नवहाली हुनै नदिन कम्मर कसेर लागेका छन् । कतिपय ओलीका भित्रियाहरु भने यतिबेला चेपुवामा परेका छन् ।

राजनीतिक अस्थिरता र संकट उत्पन्न हुनेवित्तिकै मध्यस्तकर्ताका रुपमा सक्रिय रहने पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङ यतिबेला ओलीको साथ छुट्ने तथा उनी रिसाउने डरले आफ्नो इमानमा सम्झौता गर्ने अवस्थामा पुगेका छन् ।

संसद विघटन आवश्यक थियो या थिएन, संविधानमा ब्यवस्था थियो या थिएन भन्नेबारे नेम्बाङ खुलस्त छैनन । सार्वजनिक रुपमा बोल्नैपरे पनि कुरा चपाएर बोलिरहेका छन् । उनी ठूलो धर्मसंकटमा परेको उनका एक सहयोगीले जानकारी दिए । हरेक विषयको कूटनीतिक र चलाखी रुपमा जवाफ फर्काउने नेम्बाङ सालिन, भद्र र इमान्दार नेताको छवी बनाएपनि यतिबेला कलंकित बनेका छन् ।

ओलीको कदमलाई समर्थन गरेपनि उनी खुल्ला रुपमा बाहिर प्रस्तुत हुनै सकेका छैनन । किनकी उनी आफैं सभामूख भएको बेला जारी भएको संविधानमा प्रधानमन्त्रीले विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्न पाउने ब्यवस्था नरहेको उनी स्वयमले नै बताउँदै आएका थिए ।

हालैमात्र सामाजिक संजालमा भाइरल भइरहेको उनको अभिब्यक्तिमा प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रावधान हटाइएको र सरकार पुरै पाँच बर्ष चल्ने प्रावधान नयाँ संविधानको प्रमुख विशेषताको रुपमा अर्थ्याएका थिए ।

एकबर्ष अघि काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए । उनले भनेका थिए–‘अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । संविधानमा यो व्यवस्था छैन । पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ । त्यतिमात्र नभइ अन्य कार्यक्रमहरुमा पनि उनले प्रधानमन्त्रीले यस्तो विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्नै नपाउने जिकिर गर्ने गरेका थिए । हिजोआज भने विघटनको विषयलाई उनले अदालतमा विचाराधिन मुद्दा भनेर पन्छिने गरेका छन् ।

नेम्बाङको शैली, आचरण र अभिव्यक्तिलाई लिएर उनको गृहजिल्ला इलाममा पनि ब्यापक आलोचना मात्र भएको छैन आफ्नै कार्यकर्ताहरु पनि छिन्नभिन्न भएका छन् ।

कसैले आलोचना गरे तत्काल प्रतिवाद नगर्ने उनी भरसक आलोचना नै नहोस भन्ने चाहन्छन तर यतिबेला उनी राजनीतिक जीवनमै अफ्ठयारो अवस्थामा पुगेका छन् ।

कूटनीतिक भाषामा कौशल मानिने नेम्बाङ व्यक्तिगत रुपमा सरल, मीठो बोल्ने, मृदुभाषी र संयोजनकारी मानिन्छन । राजनीतिमा पनि राम्रो योगदान दिएका उनको छवी यतिबेला धुमिल हुने अवस्थामा छ ।

अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था छैन। पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ - सुवास नेम्वाङ, अध्यक्ष, संविधान सभा। pic.twitter.com/pD3dSu3KlC

— ParliamentaryJournos (@jspanepal) July 20, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ