arrow

'असल साथीको पनि पूर्ण विश्वास नगर्नू'

logo
चाणक्य,
प्रकाशित २०७७ पुष २२ बुधबार
chanakya1.jpg

काठमाडौं । चाणक्य नीतिको दोस्रो अध्यायमा आचार्य चाणक्यले साथी, धनसम्पत्तिको बारेमा सुझाव दिएका छन् । उल्लिखित नीतिहरूको अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं। सन्तति बारे चाणक्य नीतिको पहिलो अध्यायको तेस्रो र चौथो श्लोकमा भनिएको छ -  जसको पुत्र आफ्नो पिताको वशमा रहेको छ, जसकी स्त्रीले आफ्नो पतिको आज्ञा पालन गर्दछे अर्थात् इच्छा अनुसार चल्दछे, जो थोरै धनसम्पत्तिमा पनि सन्तुष्ट रहन सक्दछ, त्यस्ता मानिसहरुको लागि स्वर्ग यहीँ नै छ ।

 ते पुत्रा ये पितुर्भक्ताः स पिता यस्तु पोषकः ।
तन्मित्रं यत्र विश्वासः सा भार्या यत्र निर्वृतिः ।।४।।
 त्यो नै वास्तविक पुत्र हो, जो आफ्नाो पिताको भक्त (आज्ञाकारी) छ । त्यसैगरी जसले आफ्नो सन्ततिको राम्रोसँग पालन गर्दछ, त्यो नै वास्तविक पिता हो । त्यो नै वास्तविक मित्र हो जसमाथि हामी पूर्ण विश्वास गर्न सक्दछौँ र जसबाट सुख प्राप्त हुन्छ, त्यो नै सही स्त्री (पत्नी) हो ।

 पाँचौं श्लोकमा आचार्य चाणक्यले साथीहरुको स्वभावको कुरा गरेक छन् । उनले आँखा पछाडी कुरा काट्ने अर्थात् काम बिगारी दिने अनि भेट हुँदा चाहिँ खूब मीठा–मीठा कुरा गर्ने साथीहरु भनेका मुखमा दूध र भित्र भने विषैविषले भरीएको घडा (कलश) जस्तै हुन् । त्यसैले त्यस्ताको संगत त्याग्नु पर्छ ।

 न विश्वसेत्कुमित्रे च मित्रे चापि न विश्वसेत् ।
कदाचित्कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत् ।।६।।
अर्थात  खराब साथीको त कहिल्यै विश्वास गर्नै हुँदैन, त्यसैगरी असल साथीको पनि पूर्ण विश्वास नगर्नू । किनकि यदि कुनै कारणवश मित्र रिसायो भने सबै गोप्य कुराहरु समेत खोलिदिन्छ ।


नयाँ काम बारे गोप्य नै राख्न चाणक्यको सुजाव छ । उनी भन्छन् - कुनै पनि कामको बारेमा मनमा सोच बनाइराखिएको छ भने त्यसलाई वाणीद्वारा प्रकट नगर्नू अर्थात् बोलेर अरुलाई नसुनाउनू । तर त्यसलाई मन्त्र जसरी मनन गरेर गोप्य नै राखीकन काममा भने लगाउनुपर्दछ ।

साथै अर्काको घरमा बस्नु धेरै कष्टदायक हुने उनले बताएका छन् । उनी भन्छन् -  निश्चय नै मूर्खताले मानिसलाई दुःख दिन्छ । त्यसैगरी यौवनले पनि दुःखमा फँसाउँदछ । तर अर्काको घरमा बस्नु भनेको ती दुवै भन्दा पनि कष्टदायक हुन्छ ।

 शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे ।
साधवो न हि सर्वत्र चन्दनं न वने वने ।।९।।
अर्थात- सबै पहाडहरुमा मणि (बहुमूल्य वस्तु) उपलब्ध हुँदैन । त्यसैगरी सबै हात्तीहरुका शिरमा मोती उत्पन्न हुँदैन । साधुपुरुष (सज्जन मानिस) हरु पनि सबैतिर पाइँदैनन् र सम्पूर्ण वन–जंगलमा चन्दन पाइँदैन । यसको तात्पर्य अत्यन्त दुर्लभ वस्तुहरू कताकती थोरै मात्रामा मात्र पाइने गर्दछन् । स्रोत: आत्मपथ



नयाँ