arrow

फेरि बढ्यो काठमाडौंको प्रदूषण, मौसम सुधारिँदैमा सुध्रिन्न प्रदूषणको स्तर

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
kathmandu-dust.jpg

काठमाडौं । गत सोमबार विश्वकै विषाक्त शहर गनिएको काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान सातौं स्थानमा पुगेकामा विस्तारै दिन ढल्दै गर्दा पाँचौं स्थानमा पुगेको छ । 

बुधबार दोस्रो नम्बरमा रहेको थियो । आईक्यूएयर डटकमका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणवत्ता मानक (एक्यूआर्इ ) १८५ रहेको थियो । तर विस्तारै सवारी चाप बढ्दै गर्दा त्यो संख्या बढेर २०३ पुगेको छ । बुधबार १९८ रहेको थियो भने सोमबार भने ४८७ रहेको थियो । 

आइक्यूएयरका अनुसार बिहीबार बिहान नेपालको काठमाडौं सातौं स्थानमा थियो १८५ एक्यूआईसहित । तर बढेर २०३ पुगेको छ । 

बुधबारदेखि मौसममा सुधार आउँदा विस्तारै वायु प्रदूषण पनि घटेर जाने उल्लेख गरिए पनि बिहीबार बिहान ८ बजे र ९ बजेपछिकै अवस्थामा फरक आएसँगै काठमाडौं उपत्यकाबाट प्रदूषण सजिलै नहट्ने देखिएको छ । 

एक्यूआई कति हुनुपर्छ ?
एक्यूआई ५० सम्म हुनुलाई उत्तम मानिन्छ । तर त्यो ५० देखिमाथि १ सय पुग्नुलाई सामान्य मान्ने गरिन्छ । एक्युआई २ सय नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन ।

खुला क्षेत्रमा फोहोरमैला बाल्ने, उद्योग कलकारखाना र सवारी साधनले फाल्ने धुँवा र प्रदूषण न्यूनीकरण गर्न तत्काल कदम नचालिनुले पनि यसको स्थिति बिकराल बनाएको छ । 

केही दिनका लागि कलकारखाना बन्द गरी सवारी गुडाउनसमेत कमी गर्दा यसलाई केही हदसम्म सन्तुलनमा ल्याउन सकिने बताइन्छ । 

काठमाडौं उपत्यकामा आठ गुणा प्रदूषण बढेको बताइन्छ । कोरोना भाइरसको लकडाउनले गर्दा काठमाडौं सफा हुँदै आएको भए पनि पछिल्लो समय प्रदूषण ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण पनि प्रदूषण आएको हुन सक्ने बताइन्छ ।

स्वास्थ्य र वातावरणमा विपदकाल भन्ने नै नजानेको ओली सरकार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ