arrow

बन्दसत्रमा बाबुराम चकित, छलफलमा ३ प्रतिवेदन

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
baburam-g-new.jpg.jpeg
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई चकित भएका छन् । उनले बन्दसत्रमा देखिएको व्यापक सहभागिता र उत्साहपूर्ण बहसलाई आश्चर्य मान्दै नयाँ शक्ति सही अर्थमा नयाँ बन्ने संकेत मिलेको समेत बताएका छन् । 
 
भट्टराईले छलफलकैबीचमा यसो भनेका हुन् । छलफल अझै नसकिएको केन्द्रीय परिषद् सदस्य रामचन्द्र झाले जानकारी दिए । झाले छलफल आजै सकिने र भोली सुझाव सहित पारित हुने बताए । यद्यपि, छलफलबाट बाहिर आएका रमेश भट्टराईले भने छलफल लामै भएकाले आज सकिने नसकिने भन्ने यकिन नभएको बताए । 
 
उनले भने, ‘आज नसकिए भोली थोरै छलफल गरेर छलफलमा पेश भएको तीन वटा प्रतिवेदन सुझाव सहित पारित हुने छन् ।’ छलफलमा संगठनात्मक सिद्धान्त र विधान, नयाँ शक्तिको आधार तत्व र विकास एवं समृद्धिको मार्गचित्र गरी ३ वटा प्रतिवेदन पेश भएका छन् । 
ती सबै प्रतिवेदनमा उत्साहजनक छलफल भएको उनले बताए । छलफल सकिएपछि तीन वटै प्रतिवेदन सुझावसहित पारित हुने छन् । यसअघि, हिजो मात्रै नयाँ शक्ति नेपालको औपचारिक घोषणा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ