arrow

पुनःबहाली भएका पदाधिकारी एन्फा प्रवेश गर्दा कार्यवाहक अध्यक्षले स्वागत गरेनन्

दुरी बढ्यो कि घट्यो ?

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
ANFA-new-FNL.jpg.jpeg
काठमाडौं । नेपाली फुटबलको झगडा लगभग अन्त्य भएको भन्ने सन्देशहरु प्रवाह भइरहेकै बेला पुनःबहाली भएका पदाधिकारीलाई कार्यवहाक अध्यक्षले एन्फामा स्वागत गर्न नमानेको गुनासो बाहिर आएको छ । पुनःबहाली भएका तीन उपाध्यक्ष सहित चार पदाधिकारी सोमबार आगामी कार्यदिशाको छलफलका लागि एन्फा प्रवेश गर्दा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ भने उपस्थित भएनन् । 
 
उनीहरु पुनःबहाली भएको १२ दिन पछि एन्फा प्रवेश गरेका हुन् । एन्फाका कर्मचारीहरुले स्वागत् गरे पनि पदाधिकारीले भने रुची देखाएनन् । कार्यव्यस्तता देखाउँदे कार्यबाहक अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतले स्वागत् नगरेका बताइएको छ । 
 
उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई  र सदस्य पंकजव नेम्बाङलाई जेठ १९ गते मात्रै पुनःबहाली भएका थिए । उनीहरुको पदस्थापन भएपनि एन्फामा स्वागत भएको थिएन । एन्फा प्रवेश गरियो, उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘एन्फा कम्पलेक्समै भएका कार्यवाहक अध्यक्ष स्वागत गर्न आउनु भएन । उहाँ त्यही हुनु हुन्थ्यो मान्नु भएन ।’ हामीले टाइम लिएर जाँदा समेत उहाँ आउनु भएन । एन्फा प्रवेश गरेका पदाधिकारीलाई एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधर लगायतले स्वागत गरे ।
 
दुई तीन दिन अघि देखि नै हामी आउँदै छौं भनेर कुरा भएको थियो, आइतबार मात्रै पनि म झापाबाट आउँदा कुरा गरेको थिए, एन्फा सदस्य पंकज नेम्बाङले भने, ‘उहाँले हामीलाई स्वागत गर्न आनाकानी गर्नु भो । उहाँहरुबाटै आइब्रेक गर्ने भन्ने थियो तर हामीले आइसब्रेक गर्नु पर्दा खल्लो लाग्यो । एन्फा कार्यवाहक अध्यक्ष उपस्थित नभएपछि हामीमा केही शंकाहरु उब्जिए । ता कि उहाँले फिफाको एउटा निर्देशन कार्यान्वयन गर्नु भो अर्को निर्देशन कार्यान्वयन गर्न आनाकानी गरिरहनु भएको छ ।’ नेम्बाङले यसअघि पुनःबहाली र पदस्थापनको निर्णय मात्रै भएको र आफुहरु एन्फा नछिरेको बताए । उनले थपे, ‘अब सँधै हामी एन्फा आउँछौ, छलफल चलाउँछौं ।’ नेम्बाङले एन्फाको १९ जेठको निर्णयको स्वागत, फिफाको एउटा निर्देशन कार्यान्वय गरेकामा धन्यवाद दिई चाँडो कार्यसमितिको बैठक बोलाउन आफुहरुले भनेको सुनाए । 
 
उनले भने, ‘फिफाको एउटा निर्देशन कार्यान्वयन भो, जसको स्वागत गरेको छौं ।  यद्यपि, अर्को मूल विषय विशेष साधारण सभा बोलाएर नयाँ नेतृत्व छान्ने विषयमा गम्भीर हुन र बैठक बोलाउन भन्दै हामी चारै जनाले लिखित पत्र जारी गरेका छौं ।’ एन्फा व्यक्तिले चल्दैन विधिले चल्छ, एन्फालाई गाउँ गाउँ सम्म लैजानु पर्दछ, आर्थिक पारदर्शिता हुनु पर्दछ र सबैलाई समान अवसर दिनु पर्दछ भन्ने हाम्रो मान्यता हो । 
 
एक दुई दिनमा स्वागत कार्यक्रम गरौं भनेको थिँए : श्रेष्ठ 
एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आफु कार्यव्यस्तताले स्वागत कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् । एन्फा कम्पलेक्समै भएर पुनःबहाली भएका पदाधिकारीलाई भेट्न आनाकानी गर्नु भो रे ? जवाफमा श्रेष्ठले भने, ‘त्यसो होइन, म व्यस्त थिँए, उहाँहरुलाई जानकारी समेत गराएको थिए । उहाँहरुलाई एक दुई दिनमा गरौं भन्दा महासचिव र सीइओहरु भए भइहाल्छ नी भन्ने कुरा गर्नु भो, ठिकै छ भनेर मैले भने ।’ समय मागेर आउँदा नी टेर्नु भएन भनेर भन्दै छन् ? श्रेष्ठले भने, ‘उहाँहरु जहिले आएपनि स्वागत छ, आज आएर भोलीबाट नआउने त  हैन होला, उहाँहरुपनि पदाधिकारी हो । जतिवेला आएपनि स्वागत छ । अबै सधैं आउनु हुन्छ होला भेट भै हाल्छ नी ।’ एन्फा कम्पलेक्समै भएर पनि नभेट्नुलाई कसरी लिने ? जवाफमा श्रेष्ठ भन्छन्,  ‘यसलाई ठूलो विषय ठान्नु पर्ने केही छैन । उहाँहरुले जे छलफल खोज्नु भा छ हामी त्यसैको पेरि फेरिमा छौं ।’ अनौपचारिक छलफलहरु भइरहेका छन् । 
 
कार्यसमिति बैठक कहिले बोलाउनु हुन्छ ? ‘उहाँहरु आउन थाल्नु भो अब द्विपक्षीय छलफल हुन्छ चाँडै हामी कार्यसमिति बैठक बोलाउँछौं । कहिले बोलाउने यकिन छलफलपछि नै हुन्छ, –श्रेष्ठले हाम्राकुरासंग भने ।’ विधानले बैठक बोलाउन १४ दिन लाग्छ । साधारण सभाबारे बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले विशेष साधारण सभा भन्दा पनि नियमित साधारण सभा हुने र पछि अधिवेशन नै हुने बताए ।  
 
कर्मा छिरिङ समूहले नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गर्दा असन्तुष्टी जनाएका बताइन्छ । तर, कार्यवाहकको जिम्मेवारी पाएका श्रेष्ठ निलम्बनमा परेका गणेशथापा मैत्री भन्दै आलोचना हुने गरेको छ । बर्खास्तगिमा परेपछि कर्मा छिरिङहरु एन्फा नेतृत्वप्रति रुष्ट भएका थिए । पुनःबहलीपछि उनीहरु आफैले एन्फामा नयाँ युगको सुरुवात भएको भन्दै फिफाको कदम र एन्फाको निर्णयको स्वागत गरे । पुनःबहालीपछि पुनरावेदनमा विचाराधिन मुद्दा समेत फिर्ता लिने उद्घोष कर्मा छिरिङ समूहले गरिसकको छ । 
 
सोमबार पुनःबहाली भएको समूह एन्फा पुग्दा पूर्व उपाध्यक्ष मणि विक्रम शाह, सुनील कपाली, पूर्व कोषाध्यक्ष कृष्ण भक्त मानन्धर सहित रत्न शमशेर जवरा, शिशिर पराजुली, दीपक खाती स्वागतमा सहभागि भए । यस्तै, रुपन्देही, दाङ र धनुषाका जिल्ला अध्यक्ष अन्तर्राष्ट्रिय खेलाडीहरु समेत उपस्थित थिए । 
 
यसरी आएको थियो दरार 
शहीद स्मारक ‘ए’ डिभिजन लिग भर्खरै सकिएको थियो । लिगको तयारी खर्च र पुरस्कार नदिएको भन्दै हिमालयन शेर्पा, सरस्वती फ्रेन्ड्स र मच्छिन्द्र क्लबले संगठित भएर अखिल नेपाल फुटबल संघ एन्फाको विरोध गरे । तयारी खर्च र पुरस्कार दिनु त टाढैको कुरा हो । २०७० चैतमा विरोधमा संलग्न पदाधिकारी र क्लबविरुद्ध एन्फा निकै कठोर बन्यो ।
 
तत्कालिन एन्फा अध्यक्ष गणेश थापाले आफ्नो विरोधमा लागेका क्लब र पदाधिकारीलाई फुटबलमा सिध्याउने अभियानै थाले । केही समय उनले सिध्याउन चाहेकालाई दुःख दिए तर त्यो धेरै समय टिकेन । थापाको कार्यशैलीको विरोधमा जुटेकाहरु शुद्धिकरणमा लागे । हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका कर्मा छिरिङ शेर्पा समूह नेतृत्वको कार्यशैलीलाई लिएर विद्रोह गरिरहयो । जहाँ नेपाली फुटबलमा स्पष्ट दुई धार देखिए । 
 
जुन रडाकोले २०७० यता एन्फाको साधारण सभा नै हुन सकेन । थापाको नेतृत्वले चार पदाधिकारीलाई बर्खास्त गरिदियो । क्लबहरुलाई समेथ प्रतिबन्ध लगायो । यद्यपि, शुद्धिकरण अभियानमा लागेकाहरु पछि हटेनन् । एन्फामा २१ वर्ष नेतृत्व गरेका थापामाथि भ्रष्टाचार अभियोगमा विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगायो । यसबीच खेल मिलेमतो प्रकरणले पनि नेपाली फुटबल बद्नाम भयो ।
 
थापा फुटबल गतिविधिबाट अलग्गिदा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधन भयो । थापा कारबाहीमा परेपछि मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठ कार्यवाहक अध्यक्ष भए । श्रेष्ठ समूह थापाप्रति बफादार रहयो । फिफाको निर्देशनपछि एन्फाले जेठ १९ गते बर्खास्त पदाधिकारीलाई पुनःबहाली गरेर २१ जेठमा पदस्थापन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ