arrow

प्रचण्ड-माधव समुहद्वारा कांग्रेस कार्यकर्तामाथि ‘छुरा’ प्रहार

दुई वडाध्यक्षसहित नेकपाका पाँच कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
rukum-ghaite.jpg

रुकुम पश्चिम ।  पटक पटक विवादमा आईरहने रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा  मंगलबार नेकपा (प्रचण्ड-माधव समुह) र नेपाली कांग्रेसका कार्यकर्ता बिचको झडपले राडिबजार तनाव ग्रस्त बनेको छ । प्रहरी कार्यालयमै हतियार सहितका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेस समर्थित कार्यकर्ताले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा ढुंगा प्रहार गरे र नाराबाजि गरेका छन् ।

दुबै पक्षका कार्यकर्ताहरुबिच पटक पटक भईरहने विवाद मिलाउन प्रहरी कार्यालयमा बसेका कांग्रेसबाट उम्मेद्वार बनेका वडा नम्बर ९ का वडाध्यक्ष तारक बहादुर शाहीमाथि तत्कालिन माओवादीबाट उम्मेद्वार बनेका वडा नम्वर ३ का वडाध्यक्ष केशरमान बि.क. र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा लगायतले आक्रमण गरेर घाईते बनाए । त्यसपछि प्रहरी कार्यालय भित्रै झपडको अवस्था आएको थियो ।

आक्रमणमा परेर घाईते एक जना वडाध्यक्षसहित तीन जनालाई थप उपचारको लागि बुधबार कोहलपुर रिफर गरिएको छ । नगरपालिकाको वडा नम्वर ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका कार्यकर्ता तारक बहादुर शाही, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी र कांग्रेसका सक्रिय कार्यकता दिपक के.सीलाई थप उपचारका लागि रिफर गरिएको छ ।

घाईते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भिर चोट लागेको छ । उनीहरु माथि प्रहरीकै सामुन्ने ढुंगा र चक्कु प्रहार गरिएको थियो । मंगलबार राती जिल्ला अस्पताल सल्ले पुर्‍याईएका उनीहरुको अवस्था गम्भिर भएपछि रिफर गरिएको र कोहलपुर शिक्षण अस्पताल लिईएको नेपाली कांग्रेस आठबिसकोट नगरपालिकाका नगर सभापति कमल शाहले जनाए ।

घटनामा संलग्न दुई जना वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेर मंगलबार राति नै जिल्ला ल्याएको छ । आठबिसकोट नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बि.क., वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा, नेकपाका कार्यकर्ताहरु बिरेन्द्र बि.क.(गोपाल), जेडि भनिने जयबहादुर बि.क.र धिरेन्द्र बि.क.लाई पक्राउ गरी जिल्ला ल्याईएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय आठबिसकोटको कार्यालयमै झपड तथा तोडफोड भएको र एकजना प्रहरी सहायक निरिक्षक र दुई जना प्रहरी जवान सामान्य घाईते भएको बताईएक छ ।
 
नेपाली कांग्रेसले वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बि.क. र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा लगायतका कार्यकर्ताले प्रहरीकै अगाडि चक्कु र बोतल प्रहार गरेको जनाएको छ । प्रहरीकै अगाडि वडाध्यक्ष शाही माथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका थिए ।

दिनभर आठबिसकोट तनाव ग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले उक्र क्षेत्रमा मंगलबार साझ ५ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा समेत जारी गरेको छ । मंगलबार दिनभर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३६ राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीको भनाई छ । दुबै राजनीतिक दलका कार्यकर्ता बिच आठबिसकोटमा खानेपानी, बस काउन्टर लगायतका बिषयमा बेला बेला विवाद हुने गरेको छ । स्थानीयवासीहरु दुबै दलका यस्ता गतिबिधिबाट असुरक्षित भएको बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ