arrow

कम्युनिष्ट नेतृत्वमा संसदीय निर्वाचन कति सम्भव ?

logo
सुशिल खनाल
प्रकाशित २०७७ माघ ८ बिहिबार
kp-oli8.JPG

नेपालको इतिहासमा २०१५ सालमा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसयता लोकतान्त्रिक वातावरणमा भएका सबै निर्वाचन नेपाली कांग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन् । यतिखेर झण्डै दुई तिहाईको केपी ओली नेतृत्वको नेकपा फुट भएपछि निर्वाचनको कुरा भएपनि अहिले चुनाव यहि केपी ओली नेतत्वको सरकारले गराउँछत भन्नेमा सबैतिर आशंका व्याप्त छ । 

नेपालमा पहिलो निर्वाचन बिक्रम सम्बत २०१५ सालमा सम्पन्न भएको थियो । जसको नेतृत्व गर्ने श्रेय नेपाली कांग्रेसका नेता सुवर्णशमशेरले पाएका थिए । त्यसपछि झण्डै ३३ वर्षसम्म निर्वाचन हुन सकेन । 

नेपालमा भएको दोस्रो निर्वाचन म जन्मेको पाँचवर्षपछि अथवा बिक्रम सम्बत २०४८ सालमा नेपाली कांग्रेसका नेता तथा पार्टीका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सम्पन्न भएको थियो । निर्वाचनको नतिजापछि नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए तर आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्व व्यवस्थापन गर्न नसकेर गिरिजा प्रसाद कोइरालाले बिक्रम सम्बत २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा गरे ।

नेपालमा भएको तेस्रो संसदीय निर्वाचन बिक्रम सम्बत २०५१ सालमा नेपाली कांग्रेसकै नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सम्पन्न भएको थियो । उक्त निर्वाचनको नतिजापछि मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला गरी पाँच जना प्रधानमन्त्री बनेका थिए ।

नेपालमा भएको चौथो संसदीय निर्वाचन बिक्रम सम्बत २०५६ सालमा नेपाली कांग्रेसकै नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सम्पन्न भएको थियो । उक्त निर्वाचनको नतिजापछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा गरी तीनजना प्रधानमन्त्री बनेका थिए । 

नेपालमा एकातिर माऒवादी जनयुद्ध, राजा बीरेन्द्रको हत्या तथा ज्ञानेन्द्रको सत्ता मोहका कारण बिभिन्न राजनैतिक घटनाक्रम भए र त्यसैको फलस्वरूप बिक्रम सम्बत २०६२–६३ सालमा सात राजनैतिक दलको नेतृत्वमा जनआन्दोलन भयो र माऒवादी पनि शान्ति प्रकृयामा आयो र फेरि दलहरूकै नेतृत्वमा शासन चलाउने वातावरण बन्यो र सोही जगमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सहमतीय सरकार बन्यो । 

नेपालमा भएको पाँचौं निर्वाचन बिक्रम सम्बत २०६४ सालमा नेपाली कांग्रेसकै सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सम्पन्न भएको थियो । उक्त निर्वाचनको नतिजापछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई गरी चार जना प्रधानमन्त्री बनेका थिए । संविधानसभाको आयु दुई वर्षको भए पनि थपेर यसको कार्यकाल चार वर्ष लम्ब्याइको थियो ।

राजनैतिक दलहरू निर्धारित समयमा संबिधान दिन असफल भएपछि नेपालमा छैठौं निर्वाचन गराउने जिम्मेबार प्रधानन्यायाधीश खिलराज रेग्मीले पाएका थिए । मुलुकको इतिहासमा पहिलोपटक एउटै व्यक्ति कार्यकारी र न्यायपालिकाको प्रमुख भएको नजिर त्यही घटनाबाट बसेको हो ।नेपालमा भएको छैठौं निर्वाचन दोस्रो संविधानसभाका लागि बिक्रम सम्बत २०७० सालमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सम्पन्न भएको थियो । उक्त निर्वाचनको नतिजापछि सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा गरी चार जना प्रधानमन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालमा संविधान जारी भएपछि संबिधानबमोजिम देशमा स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउने ब्यबस्था बनेको छ । सोहीअनुसार नेपालमा स्थानीय निकायको निर्वाचन प्रारम्भ पुष्पस्पकमल दाहाल प्रचण्डबाट भयो ।

नेपालमा भएको सातौं निर्वाचन बिक्रम सम्बत २०७४ सालमा नेपाली कांग्रेसकै नेता शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको थियो । उक्त निर्वाचनको नतिजापछि केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए तर बिक्रम सम्बत २०७७ साल पुस ५ गते संसद बिघटन गरी नयाँ जनादेशका लागि बिक्रम सम्बत २०७८ साल वैसाख १७ र २७ गते दुइ चरणका लागि निर्वाचन गर्ने घोषणा भएको छ ।

नेपालमा अहिलेसम्म कम्युनिस्ट नेतृत्वमा नभएको निर्वाचन यसपाली हुन्छ वा हुँदैन केहि समय पर्खिनैपर्छ । तर इतिहासले यस्तो सम्भावना देखाएको छैन, त्यसैले यसपाली पनि निर्वाचन गर्न कांग्रसकै नेतृत्व चाहिने त होइन ? प्रश्न खडा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ