काठमाडौं। स्लोभाकियाले सनसनीपुर्न खेल खेल्दै रसियालाई २-१ गोलले पराजित गरेको छ। ईङल्याण्डसँग अन्तिम समयमा गोल गर्दै बराबरी गरेको रसियाले वेल्ससँग पराजित स्लोभाकियालाई हराउने अनुमान गरिएको थियो।
खेलको ३२औं मिनेटमा भ्लादमिर वेशले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए। त्यसैगरि ४५औं मिनेटमा मरेक हाम्सिकले दोस्रो गोल गर्दै स्लोभाकियालाई जितको बाटोमा पुर्याएका थिए।
खेलको ८०औं मिनेटमा रसियाकालागि डेनिस ग्लिसाकोभले गोल गर्दै खेलमा फर्किने बाटो खोले पनि त्यसपछि गोल हुन नसक्दा रसियाले तीन अंक गुमाएको थियो।
मैदानमा ओर्लेपछि स्लोभाकियाले अप्रत्यासित खेलको प्रदर्शन गर्दै रसियालाई हराएको हो। खेलमा रसियाले धेरै समय बल आफ्नो नियन्त्रणमा राखेता पनि आक्रमणहरुलाई सफल बानउन नसक्दा पराजित हुनु परेको हो। स्लोभाकियाले रसियाको रक्षापंक्तिलाई सम्हालिन दिएको थिएन् भने रसियाले स्लोभाकियाको रक्षापंक्तिलाई तोड्न सकेको थिएन।