arrow

नेपालीलाई २५ दिनको लागि तिब्बत प्रबेश, दलाई लामाको संकेत देखे फिर्ता

logo
निर्मल खत्री,
प्रकाशित २०७३ असार २ बिहिबार
korala-border.jpg.jpeg
मुस्ताङ्ग। नेपालको मुस्ताङ्ग र चिनको नाका कोरला नाका २५ दिनको लागि खुल्ला गरिएको छ। सिमा क्षेत्रमा बर्षको दुईपटक आयोजना हुने व्यापार मेला यहि असार १ गते बाट सुरु भएको छ। सोही मेलालाई स्थानियहरुले छोङरा भन्ने गर्दछन। 
 
नेपाली सिमा देखि ११ किलोमिटर दुरिमा नेपाल र तिव्यताका ब्यापारीहरुले साताब्यापी मेला सुरु गरेका हुन। अघिल्ला वर्षहरुमा असार र भदौमा एक हप्ता मात्रै मेला हुने गर्दथ्यो यो वर्ष देखि असारमा २५ दिन र भदौमा २० दिन मेला लाग्ने स्थानिय न्हिमा गुरुङ्गले जानकारी दिए छ। ¾ हिउँ नपर्ने समय भएकोले दुई तर्फि मेला संञ्चालनको लागि उपयुक्त्त मानिएको गुरुङ्गको भनाई छ।
 
सोही मेलामा नेपालीहरुलाई पनि प्रबेश दिईएको छ। मेलामा जाने नेपालीहरुलाई तिब्वतको झाङबासेन जिल्लाका अधिकारीहरुले निश्चित अबधिकोलागि परिचय पत्र बनाएर ब्यापार गर्न ब्यवस्था गरेको छ।
 
¾नेपालीहरु प्रबेश गर्दा घाटी, हातखुटा, कानमा दलाई लामाको कुनै पनि संकेत गर्ने खालको बस्तुहरु भिर्न नपाईने, दलाई लामाको कुनै संकेत फेला परेमा उसलाई प्रवेश निषेध गरिएको छ।
 
मेलामा तिब्वतमा उल्पादन भएका फर्निचर, निर्माणका समाग्री, लताकपडा, पेयपदार्थ, बिभिन्न किसिमका सामान र नेपालमा उत्पादित गलैचाँ पस्मिना यार्सागुम्वा लगायतको ब्यापार हुने गरेको छ।
 
अघिल्ला वर्षहरुमा नेपालीहरुलाई त्यहाँका सुरक्षाकर्मीहरुले उनिहरुको भुमिमा प्रबेशमा रोक लागउदै आएका थिए। यस पटक पनि चिनियाँ सुरक्षानिकायले कोरला नाका आसापासमा तारबार लगाई सिसि क्यामेराले निगरार्नी गरेको छ। पहिले ब्यापार मेलामा मुस्ताङ्गी ब्यापारी र तिब्वती ब्यापारीहरुले एक पाथी नुन र एक २ पाथी उवा साट्ने गरेका पाईन्छ, तर अहिले भने पैसाले अन्य सामानहरु पनि खरिद गर्ने ब्यवस्था गरिएको छ। यो ब्यापारीक मेला बाहेक अन्य समय नाका पुर्ण रुपमा बन्द हुने गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ