काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक गरेको छ । यसै वर्षदेखि लेटर ग्रेडिङ प्रणाली लागु गरेको परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल प्रकाशन केही ढिलोगरी सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले गएको चैतमा परीक्षा लिएको थियो ।
वेबसाइट www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, , नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMS बाट नजिता थाहा पाउन PSTN, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc ˂space˃ सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।