arrow

एसियामा पानी कब्जा गरेर जलयुद्ध निम्त्याउँदै चीन

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
Map-china-india-river.jpg

काठमाडौं । चीनले भारतीय सीमा नजिक यार्लुङ जाङ्बो नदीमा संसारकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने क्षमताको बाँध निमार्ण गरिरहेको छ ।तिब्बतबाट बग्ने यो नदीलाई चीनमा यार्लुङ जाङ्बो भनिन्छ, भारतको अरुणाञ्चल पुग्दा सियाङ र असम पुग्दा ब्रह्मपुत्र भनिन्छ ।

भारतको अरुणाञ्चल प्रदेश नजिक चिनियाँ भुमी मेदोंग काउन्टीमा चीनले बाँध बनाउन लागेको हो ।सन् २०१८ को तथ्यांक अनुसार चीनको पूर्ण जनसंख्या विद्युतको पहुँचमा छ । चीनले थ्रि गर्जेजभन्दा झण्डै तीन गुणाबढी क्षमताको बाँध भारतलाई टक्कर दिन बनाउँन लागेको आरोप छ ।

यो नदीमा भारत र बंग्लादेशका करिब १३ करोड मानिसहरु पूर्णरुपमा निर्भर रहेका छन् ।चीनले यो नदि भारत नपुग्दै उत्तरतर्फ मोडेर २ हजार मिटर तल खसाल्नेछ र करिब ७० गिगावाट क्षताको विद्युत उत्पादन गर्ने छ । यसले प्रतिवर्ष ३०० अर्ब युनिट बिजुलि आपुर्ति गर्नेछ ।

चीनले यो परियोजनाका लागि पाँच वटा बनाउँने भनिएका मध्ये दुई वटा बाँध बनाइसकेको छ ।यति ठूला बाँध बनाउँदा यार्लुङ जाङ्बो भारतपुग्दा पानीको मात्रा निकै नै घट्ने छ । करोडौं मानिसको आश्रयस्रोत मानिएको यो नदीले उनीहरुलाई चरम संकट पार्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

चीनले यो परियोजनामा काम गर्नका लागि भारत र बग्लादेशसँग कुनै किसिमको सम्झौता गरेको छैन् ।खासमा भारत र बंगदेशको तटमा खेतिका र सिचाईका लागि समस्या हुनेछ भने माछा मार्ने व्यवसाय पनि संकट निम्तिन सक्छ । 

केही विज्ञहरुले चीनको यो परियोजनाले पर्यावरणमा ठूलो विनाश निम्त्याउँने चेतावनी दिएका छन् ।

तर, चीनले खासगरी दक्षिण एसियाली मूलूकहरुलाई आफ्नो निर्भरमा राख्न यस्तै अनेकौं योजनाहरुमा काम गर्दै आएको छ ।
चीनले तिब्बतबाट म्यानमार, लाओस, थाइल्याण्ड, भियतनाम, कम्बोडियाहुँदै बग्ने मेकोंग नदीमा पनि विद्युतकै लागि भनेर ठूलो बाँध बनाएको छ ।

मेकोंग नदीमा बाँध बनाउँदा पनि चीनले तल रहेका मूलूकहरुलाई जानकारी नै दिएको थिएन ।पछि नदीको बहाव अचानक घट्दा र चार वटा मूलूकमा खडेरी परेपछि चीनले बाँध बनाएको जानकारी दिएको थियो ।

मेकोंगको महत्व कति छ भने अमेजनपछि जलिय प्राणीका लागि दोस्रो महत्वपूर्ण नदी हो । त्यस्तै मेकोंग विश्वकै सबैभन्दा ठूलो अन्तरदेशिय माछा मार्ने स्रोत हो ।

तर, चीनले बनाएको बाँधका कारण सन् २०२० देखि माछा मात्रै नभइ सम्पूर्ण जलिय प्राणीको पारिस्थितीमा ४० प्रतिशतले कमी हुने एमआरसीको रिपोर्टले दाबी गरेको छ ।

झण्डै ६ करोड मानिसको मुख्य आधारका रुपमा रहेको यो नदी ४ करोड मानिसका लागि माछा मार्नका लागि मात्रै महत्वपूर्ण छ ।

तर, चीनले बनाएको बाँधले यहाँको पारिस्थितीक पद्यतीमा विनाशकारी समस्या निम्त्याउँन थालेको छ ।पानी नियन्त्रण गर्दै चीनले भविष्यमा मेकोंगमा निर्भर रहेका म्यानमार, लाओस, थाइल्याण्ड, भियतनाम, कम्बोडियामा आफ्नो प्रभुत्व जमाउँने छ ।
यसरी पानीलाई समेत चीनले हतियार बनाएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई पनि चीनले भविष्यमा एक अस्त्र बनाउँने निश्चित छ ।

यार्लुङ जाङ्बो नदीमा चीनले बाँध बनाइरहेको कुरा भारत, बंग्लादेशमात्रै नभइ विश्वभर आलोचित बन्दै गएको छ । तर, चीनले आफ्नो अधिनायकवादलाई निरन्तरता दिँदै काम अघि बढाएको छ ।

खासगरी भारतीय र चिनियाँ सैन्यबीच भएको पछिल्लो झडपसँगै भारतमा चीनविरोधी आन्दोलन चलेपछि चीनले भारतलाई टक्कर दिँन बाँध परियोजनालाई झनै सक्रिय पारेको छ ।

चीनले व्यापार र सीमा विवादका मुद्दा जित्न मेकोंग र यार्लुङ जाङ्बो नदीमा बाँध बनाए जस्तै अन्य रणनीतिक योजनाहरुको प्रयोग गर्ने गरेको देखिन्छ ।

तर, भारतीय पक्षबाट चीनको यो कदमको विरोध हुँदा दुईपक्षबीचको टकराव सीमा विवादमा मात्रै सिमित नरहेर पानीमा पनि विवादमा पनि पुगेको छ, र यसको सुरुवात चीनले गरिरहेको स्पष्ट देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ