वीरगन्ज । पर्सा प्रहरीले नक्कली सर्टिफिकेट लिएर काम गर्दै आएको आरोपमा पक्राउ परेका आठ चिकित्सकको नाम सार्वजनिक गरेको छ । शुक्रबार डिएसपी पिरोज बस्नेतको नेतृत्वमा गएको प्रहरीको टोलीले नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जका तीन जना, निजी क्लिनिकमा काम गर्दै आएका नाक कान घाँटी विशेषज्ञ दुई जना र नेशनल मेडिकल कलेजका तीन जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठलाई उद्दृत गर्दै हाम्रा वीरगञ्ज सहकर्मी दीपेन्द्र चौहानले जानकारी दिए । यसरी पक्राउ पर्नेहरूको नामावली यस्तो छ ।
१ नारायणी उप–क्षेत्रीय अस्पतालका अर्थाेपेडिक डा. सरोज सिंह
२. नारायणी उप–क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ डा. कुशराज गिरी
३ नारायणी उप–क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ डा. पन्नालाल
४. निजी क्लिनिकमा काम गर्ने नाक कान घाँटी विशेषज्ञ डा. दिनेश शाह
५. निजी क्लिनिकमा काम गर्ने नाक कान घाँटी विशेषज्ञ डा.अरूण गुप्ता
६. नेशनल मेडिकल शिक्षण अस्पतालमा काम गर्ने डा. निमेश रमण पाल
७. नेशनल मेडिकल शिक्षण अस्पतालमा काम गर्ने डा.इर्शादुल हक
८ नेशनल मेडिकल शिक्षण अस्पतालमा काम गर्ने डा. मोहम्मद रहुल्ला
नक्कली डाक्टर पक्राउको विरोधमा नीजी मेडिकलहरू बन्द
यसैबीच नक्कली डाक्र विरूद्धको प्रहरीले चालेको कदम विरूद्ध बीरगञ्जका निजी मेडिकल कलेजहरू बन्द भएका छन् । उनीहरूले निर्दाेष डाक्टरहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै रिहा नगरेसम्म आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका सहकर्मी चौहानले जानकारी दिए ।