arrow

एमाले संगठनको बैठकमा ‘एजेण्डा चेन्ज’

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
13479656_1158909670867004_2044690484_n.jpg.jpeg
काठमाडौं । आधिकारिक ट्रेड युनियनको अध्यक्षमा को जाने भन्ने विषयमा विवाद लम्बिँदै जाँदा कुटाकुटको स्थितीसम्म पुगेको एमाले निकट कर्मचारीहरूको बैठक चार बजे बस्ने भनिएको भएपनि  अझै बस्न सकेको छैन । 
 
निर्वाचन गरेरै भएपनि नेतृत्व चयन गर्नुपर्ने माग गर्दै अध्यक्षका अर्का प्रत्यासी भोला पोखरेल पक्षीय कर्मचारीहरूले अध्यक्ष पुण्यप्रसाद ढकालमाथि आक्रमणको प्रयास गरेपछि विवादको चुली सार्वजनिक भएको संगठनको केही समयमा बस्ने बैठकको एजेण्डा भने बदलिएको एमाले कर्मचारीहरूले बताएका छन् । 
 
चार बजे बस्ने भनिएपनि अहिलेसम्म बैठक बस्न नसकेको संगठनका वरिष्ठ उपाध्यक्ष केदार देवकोटाले जानकारी दिए । ‘अब केही समयमा बैठक बस्नेछ’ हाम्राकुरासँग उनले भने ‘अब हाम्रो पहिलो कुरा बिहान भएको घटनाको दोषीलाई कारबाही गर्नुपर्नेमा केन्द्रीत रहनेछ ।’ 
 
यसरी अध्यक्ष छनोटको विषयमा कुरा गर्नको लागि भनेर केन्द्रीय समितिको  बैठक बोलाईएको भएपनि अहिलेको बैठकमा भने फरक एजेण्डामा कुरा हुने भएको हो । बिहान खानाखानको लागि केहीबेर बैठक स्थागित गर्नलागेपछि अर्को पक्षका कर्मचारीहरू अध्यक्ष ढकालमाथि आईलागेपछि दिनभर एमाले कर्मचारीहरूमा खैलाबैला मच्चिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ