arrow

नवलपरासीमा तीन लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामद

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ माघ २० मंगलबार
Illegal-substances.jpg

बर्दघाट। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले भारतबाट अवैध रूपमा भन्सार छली लुकाई छिपाई ल्याई राखेको अवस्थामा करिब ३ लाख ७७ हजार ८ सय २ रुपैयाँ मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बर्दघाट नगरपालिका वडा नं २ चिसापानीबाट ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरेको छ ।

बरामद भएका मालसामान मङ्गलवार नै आवश्यक कार्यवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजु लामाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ