काठमाडौं । नयाँ शक्ति नेपालले सांसद बन्नका लागि कुनै योग्यता नतोकेको स्पष्टीकरण दिएको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी स्थापना राष्ट्रिय भेलाको संगठनात्मक विधानमा सांसद बन्न स्नातह बन्नुपर्ने भन्ने व्यवस्था गरिएको भन्दै चलाइएको हल्लाको निराधार रहेको प्रस्ट्याए ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी भेलाको छलफल सत्रमा ‘नयाँ शक्तिबाट सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको’ भन्ने अतिरञ्जित हल्ला र भ्रम फैलाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । छलफल सत्रमा प्रस्तुत दस्तावेजको मस्यौदामा त्यस्तो कुनै प्रसंग पनि उल्लेख नभएको व्यहोरा हामीले पटक–पटक स्पष्ट पार्दै आइरहेका छौं ।’ बाबुराम भट्टराई पढेका भनेर पढेकालाई मात्रै सो पार्टीले गन्ने गलत भ्रम फैलाउन खोजिएको देवकोटाले बताए ।
उनले हाम्राकुरासंगै कुरा गर्दै जुन हल्ला गरिएको छ ‘त्यो प्रस्ताव पनि होइन– निर्णयपनि होइन’– भने । उनले त्यस्तो योग्यताको व्यवस्था गर्नै नमिल्ने बताउँदै संविधान विपरित कुनै पार्टीको विधान बन्न नसक्ने सुनाए । अनि तपाईहरु आफै सबै नयाँ गर्छौ भनिरहनु भा छ ? नवाफमा उनले भने, ‘नयाँ गर्ने भन्ने, सोच विचार, योजना, कार्ययोजनाहरु हो । संविधानले जे निर्धारण गरेको छ त्यही योग्यता हुन्छ ।’ यद्यपि, बाबुराम भट्टराई संविधान जारी प्रक्रिया मन नपरेर माओवादी र व्यवस्थापिकाबाट बाहिरिएको चर्चा हुँदै आएको छ ।